काठमाडौं । नेपाली व्यवसायीहरुद्वारा सञ्चालित युरोपको ट्रिप इन होटल समूहले नेपालका बाढीपीडितको उद्धार तथा राहतका लागि ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
ट्रिप इन होटल समूहको कल्याणकारी संस्था ‘हेल्पिङ ह्यान्ड्स’ले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ जम्मा गरेको हो । उक्त रकम कोषको खातामा जम्मा गरिएको समूहले जनाएको छ ।
‘देशले यतिखेर ठूलो विपत्तिको सामना गर्नुपरेको छ,’ समूहका तर्फबाट सञ्चालक जीवा लामिछानेले भने, ‘यस्तो कठिन घडीमा उद्धार र राहतको काम प्रभावकारी रूपमा सम्पन्न गर्न सरकारलाई सहयोग पुगोस् भन्ने हाम्रो उद्देश्य हो । यस्तो बेला हामी सबैले आफूले सकेको योगदान गर्नुपर्छ । रकम ठूलो वा सानो हुन सक्छ तर यतिखेर देशले भावनात्मक र मनोवैज्ञानिक ऐक्यबद्धता पनि खोजेको छ ।’
तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)
सम्बन्धित समाचार
गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष सम्पर्कविहीन
बाढीपीडितलाई ललितपुरका ३ स्थानीय तहको एक करोड ८० लाख सहयोग
रेडक्रसद्वारा पौने ५ अर्ब सहयोग अपील
सरकारी राजपत्रः ५ जिल्लाका १५ स्थानीय तह ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा
चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित
११ जलविद्युत् आयोजनाका ८९८ अझै सम्पर्कविहीन
रसुवा बाढी पीडितलाई सिन्धुली कारागारका कैदीबन्दीको सहयोग
शव व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्छः कुलमान घिसिङ






