पोखरा । पोखरा–१०, बुद्धचोकमा बुधबार ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्य हुनेमा स्याङ्जाको अर्जुनचौपारी ५ निवासी २५ वर्षीय नवराज दर्जी हुन् ।
पृथ्वी राजमार्गअन्तर्गत बुधबार दिउँसो १२ बजेर ५० मिनेटमा बुद्धचोकमा पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक दर्जी गम्भीर घाइते भएका थिए ।
उनलाई तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले दिउँसो २ बजेर २२ मिनेटमा मृत घोषणा गरेको जानकारी जिल्ला प्रहरी कार्यालयले दिएको छ ।
ट्रक र चालक सिन्धुलीको कमलामाई–८ का ३६ वर्षीय खडकबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)
सम्बन्धित समाचार
कास्कीमा ‘डिनएन’ नमूना सङ्कलन प्रहरी कार्यालयबाट
मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा
बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा
पहाडमा पनि ‘गोमन सर्प’ देखिएपछि …
पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध
पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध
चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तकोे ‘डिएनए’ नमूना सङ्कलन
भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप






