सशस्त्र प्रहरीमा ठूलो संख्यामा खुल्यो नयाँ भर्ना

काठमाडौं ।  सशस्त्र प्रहरी बल, नेपालले ठूलो सङ्ख्यामा विभिन्न पदका लागि नयाँ भर्ना आह्वान गरेको छ। सशस्त्र प्रहरी बलको प्रधान कार्यालयस्थित भर्ना तथा छनोट शाखाले आज एक सूचना जारी गर्दै कुल ६ सय ६६ जनाका लागि आवेदन मागेको हो।

जारी सूचना अनुसार खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी ६ सय ४ जना सशस्त्र प्रहरी जवान, ३८ जना भान्से, ८ जना कुचिकार, ६ जना सूचीकार, ७ जना केस कर्तक (हजराम), २ जना चर्मकर्मी र १ जना मालीका लागि दरखास्त आह्वान गरिएको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले आगामी असोज २८ गतेसम्म रीतपूर्वक आवेदन दिन सक्ने सशस्त्र प्रहरी बलले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

पोखरेलको प्रतिवेदन अस्वीकार, बादलले नयाँ प्रतिवेदन पेस गर्ने