सुदूरपश्चिममा एकैदिन थपिए ६८ जना कोरोना संक्रमित

धनगढी । सुदूरपश्चिममा सोमबार ६८ जनामा नोबल कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । २४ घण्टामा थपिएको यो सङख्या अहिलेसम्मकै उच्च हो ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ६८ जनामा कोरोना संक्रमण देखिएको हो । ६८ जना संक्रमित मध्ये तीन जना महिला र ६५ जना पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

उनका अनुसार संक्रमित हुनेमा बैतडी २१, डोटीका २०, कैलालीका १३, कञ्चनपुरका ११ र अछामका तीन जना रहेका छन् । योसँगै सुदूरपश्चिममा कोरोनाबाट संक्रमित हुनेको संख्या तीन सय ३२ पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढि कैलाली जिल्लामा ९३ जना, कञ्चनपुर जिल्लामा ६६, डडेल्धुरा जिल्लामा ३९, डोटी जिल्लामा ३७, बैतडी जिल्लामा २७, अछाम जिल्लामा २२, बाजुरा जिल्लामा २१, बझाङ जिल्लामा १४ र दार्चुला जिल्लामा १२ जनामा कोरोना संक्रमित रहेका छन् । यसमध्ये कैलालीमा एक महिला र बाजुरामा एक बालिका गरी दुई जनाको मृत्यु भइसकेको छ भने भने २१ जना निको भएर घर फर्किसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 257 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ