बाढी प्रभावितलाई उबरले ५० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । उबरले नेपालका बाढी प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

उबरले उक्त रकम नेपाल रेडक्रस सोसाइटीमार्फत बाढी प्रभावित समुदायलाई सहयोग गर्ने जनाएको छ। रकमबाट आपत्कालीन सामग्री, अस्थायी आवास तथा पुनर्स्थापनाका काममा सहयोग गरिनेछ।

उबरले बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत योगदान गर्ने भएको छ। उबरका अनुसार प्लेटफर्ममार्फत हुने प्रत्येक उबर बाइक यात्राबाट १० रुपैयाँ र उबर क्याब यात्राबाट २० रुपैयाँ कोषमा योगदान गरिनेछ।

उबरका फ्लिट साझेदारहरूले पनि राहत तथा पुनर्स्थापनाका काममा सहयोग गर्ने जनाइएको छ। उबरको नेपालस्थित रणनीतिक साझेदार ट्याक्सीमान्डुसहितका साझेदारले आफ्नो यातायात सञ्जालमार्फत राहत कार्यमा सहयोग गर्नेछन्।

उबर इन्डिया र दक्षिण एसियाकी इन्टरनेसनल मार्केट्स प्रमुख आकाङ्क्षा सिंहले नेपाल कठिन अवस्थामा रहेकाले प्रभावित समुदायलाई सहयोग गर्न सामूहिक प्रयास आवश्यक रहेको बताइन्।

उनले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा राहत तथा पुनर्स्थापनाका काममा सहयोग गर्ने र आफ्नो यातायात सञ्जाल तथा स्रोतसाधनलाई आवश्यकताअनुसार परिचालन गर्ने बताइन्।

उबरले आफूले सेवा दिइरहेका समुदायलाई आवश्यक परेको समयमा प्रविधि, यातायात सञ्जाल र स्रोतसाधनमार्फत सहयोग जारी राख्ने जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

अमेरिका जानुअघि प्रधानमन्त्रीले भेटे विश्वप्रकाश र भीष्मराज