सर्लाही । सर्लाहीमा दिन प्रति दिन कोरोना संक्रमित बिरामी थपिदै गएको छ । सर्लाहीमा कोरोना संक्रमित ह्वातै बढेर ५ सय भन्दा बढि पुगेको छ ।
सोमवार मात्र २३ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढि बलरा नगरपालिकामा १५ जना र हरिपुर नगरपालिकामा २ बालक सहित ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए । त्यस्तै हरिपूर्वा नगरपालिकामा १ जना थपिएका छन् ।
बलरा नगरपालिकाका १ देखि १८ बर्ष उमेर समुहका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी बलराकै १९ देखि ४० बर्ष उमेर समुहका ८ जना पुरुषहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको हो ।
हरिपुर नगरपालिकाका ५ र ८ बर्षका २ जना वालकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी हरिपुरकै ४९ बर्षिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका ४ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश नं.२ को समाजिक विकास मन्त्रालयले जनाएको छ । हरिपुर नगरपालिकाका ५ जना र बरहथवा नगरपालिकाका १ जना गरी जम्मा ६ जनामा कोरोनामा संक्रमणको पुष्टि भएको थियो ।






