काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूह समानान्तर महाधिवेशनको तयारीमा जुटेको छ । देउवा कांग्रेसले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्दैछ ।
आगामी मंसिर २१ देखि २३ गतेसम्म हुने भनिएको १५औँ महाधिवेशनअन्तर्गत हुने विभिन्न तहका अधिवेशनका लागि देउवा समूहले उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको छ।
केन्द्रीय निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिकामा केन्द्रदेखि वडा तहसम्मका विभिन्न कार्यसमितिमा उम्मेदवार बन्ने आकांक्षीका लागि मनोनयन शुल्क तोकिएको छ ।
निर्देशिकामा केन्द्रीय कार्यसमिति सभापतिको निर्वाचनका लागि ३० हजार, केन्द्रीय उपसभापति र महामन्त्रीको निर्वाचनका लागि २५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यस्तै सहमहामन्त्रीका आकांक्षीका लागि २० हजार र केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि १० हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ ।
केन्द्रीय कार्यसमिति चयनका लागि मतदाता मानिने केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूका लागि दुई हजार पाँच सय रुपैयाँ मनोनयन शुल्क निर्धारण गरिएको निर्देशिकामा उल्लेख छ ।महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित हुन केन्द्रीय महासमिति सदस्य पदका आकांक्षीका लागि तीन हजार रुपैयाँ मनोनयन शुल्क तय गरिएको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ
यस्तो छ– मन्त्रिपरिषद्का ६ निर्णय
सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट
भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने
नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील: पूर्वराष्ट्रपति भण्डारी
आजदेखि चार दिन अति भारी वर्षाको चेतावनी
मध्यराति नियन्त्रणमा लिएर ११ घन्टापछि पूर्वप्रधानन्यायाधीश राणालाई छाडियो





