काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको गरेको हो ।
परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका अब्बल व्यक्तिलाई राजदूत नियुक्तिको लागि सिफारिस गरिएको बताए । विभिन्न क्षेत्रबाट विज्ञता बटुलेका, अध्ययन तथा अनुसन्धान गरेका, विभिन्न क्षेत्रमा नेतृत्व र अन्य हिसाबले समेत काम गरिरहेका व्यक्तिलाई छानिएको उनको भनाइ छ ।
अब सरकारले राजदूतको लागि सिफारिश गरिएका प्रस्तावित राजदूतको रुपमा संसदीय सुनुवाइको लागि पठाइनेछ । संसदीय सुनुवाइ सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउनेछ । अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकको लागि राजदूतमा नियुक्त गर्नेछन् ।
प्रस्तावित राजदूतहरूः
१) डा. निश्चलनाथ पाण्डेः भारत
२) डा. कल्याणराज शर्माः चीन
३) चिरनजंग थापाः अमेरिका
४) पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणाः बेलायत
५) जिग्यानकुमार थापाः जापान
६) सुरेशकुमार कर्णः इजरायल
७) प्राप्ति शेरचनः स्पेन
८) शरू जोशीः जर्मनी
९) डा. पद्माक्षी राणाः ओमान
१०) चूडामणि खरेलः मलेसिया
११) प्रा.डा. सङ्गम श्रेष्ठः दक्षिण कोरिया
१२) डा. मञ्चला झाः श्रीलंका
१३) गिरीबहादुर सुनारः साउदी अरब
सम्बन्धित समाचार
राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्री शाह असोज ६ गते अमेरिका जाने
३ सातामै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री हटाउन चलखेल
नवनियुक्त उद्योग मन्त्री साहले लिए पद तथा गोपनीयताको शपथ
बालेन सरकार: २ सय दिनमा जम्मा २७ प्रतिशत प्रगति !
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ
यस्तो छ– मन्त्रिपरिषद्का ६ निर्णय
सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट






