लमजुङ । मनाङमा हिउँ पहिरोमा परेकामध्येमा ४ जनाको शव फेला परेको छ । १२ जनाको टोली अझै वेपत्ता छ भने ११ जना सम्पर्कमा आएका छन् । वेपत्ताहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
मनाङको नार्पाभूमि गाउँपालिका– ५ स्थित हिमलुङ हिमालको बेसक्याम्प क्षेत्रमा हिमपहिरो जाँदा त्यस्तो घट्ना भएको हो । शव फेला परेका ४ जनामध्ये २ को पहिचान खुलेको छ । पहिचान नखुले पनि पोष्टमार्टम लगायतका कार्य गर्न काठमाडौंमा सहज हुने हुँदा ४ वटै डेथवडी उतै पठाउने काम भएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए ।
उनका अनुसार उनीहरू आइतबार राती १२ साढे १२ बजे गएको हिम पहिरोमा परेर हराइरहेकामध्येका हुन् । उनले भने ‘मनाङको दुर्गम क्षेत्रमा रहेको नार्फाभूमि गाउँपालिका– ५ हिमलुङ हिमाली क्षेत्रमा वेपत्ता भएका हुन् ।’
पहिचान भएका, सम्पर्कमा आएका र बेपत्ता भएका सबै नेपाली भएकाे सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार पहिचान भएकाहरूमा छेवी भोटे र पासाङ भोटे हुन् । उनीहरू दुवै जना संखुवासभाका भएको खुलेको छ, सप्रजिअ पौडेलले भने । उनका अनुसार शवलाई हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
सप्रजिअ पौडेलका अनुसार दुईवटा टुरिष्ट कम्पनीबाट त्यहाँ वेसक्याम्प निर्माणका लागि २७ जना कामदार गएका रहेका छन् । पौडेलले भने, ‘उनीहरू रातको समयमा आएको हिमपहिरोमा परेको भन्ने खबर छ । तीमध्ये ११ जना हिजै सकुशल सदरमुकाम फर्किएका छन् ।’
बाँकी १२ जनाको अवस्था भने अझै अज्ञात रहेको छ । उनीहरूको खोजीका लागि ७ जना विज्ञको टोली हिम पहिरो गएको ठाउँमा पठाइएको छ सप्रजिअ पौडेलले जानकारी दिए ।
सम्बन्धित समाचार
पोखरामा जग्गाको कित्ताकाट खुल्यो
मन्त्री र सचिव जोडिएको घुस प्रकरणवारे छानबिन गर्न ३ सदस्यीय समिति गठन
पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता
गण्डकीमा १८ जनाको मृत्यु, ४ बेपत्ता
जलवायु मुद्दामा छलफल गर्न ४२१ स्थानीय तह जोमसोममा
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
रियादस्थित विमानस्थल परिसरमा आगलागीको संकेतपछि उडान अवरूद्ध
सुनको भाउ घट्दा चाँदीको बढ्यो, कतिमा भइराखेको छ आज कारोबार ?





