Saturday, September 25, 2021
Your Ads Here
Homeअन्तराष्ट्रियकोरोना भाइरसबाट भारतमा एकैदिनमा २ हजारको मृत्यु

कोरोना भाइरसबाट भारतमा एकैदिनमा २ हजारको मृत्यु

,
sharethis

नयाँदिल्ली । भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको संख्या एक्कासी बढेको छ । अघिल्ला दिनहरुमा मृत्यु हुनेहरुको विवरण सयको संख्यामा आउने गरेकोमा बुधबार हजारको संख्यामा आएको छ ।

भारतका स्वास्थ्य अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या २ हजार ३ रहेको छ । अघिल्लो दिन मङ्गलबार बिहान उक्त मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ३८० जनाको मृत्यु भएको थियो । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या ११ हजार ९०३ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९७४ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ३ लाख ५४ हजार ६५ पुगेको अधिकारीहरुले जनाएका छन् ।

स्वास्थ्य अधिकारीहरुका अनुसार भारतमा अहिले पनि १ लाख ५५ हजार २२७ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु १ लाख ८६ हजार ३९५ जना संक्रमणमुक्त भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोनाभाइरसका कारण मृतकको संख्या एक्कासी बढेकोप्रति चिन्ता व्यक्त गरेको छ ।

भारतमा प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै सङ्क्रमित महाराष्ट्र प्रदेशमा रहेका छन् । यस प्रदेशमा अहिलेसम्म १ लाख १३ हजार ४४५ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये कुल ५० हजार ५७ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु ५७ हजार ८५१ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

त्यसैगरी दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा ४८ हजार १९ जना रहेका छन् । राजधानी रहेको दिल्ली प्रदेशमा ४४ हजार ६८८ जना सङ्क्रमित भएका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 202 times, 1 visits today)

आजको समाचार

सरकार भन्छ : बजार अनुगमन सुरु भयो, उपभोक्ता भन्छन् ‘यो नौटंकी हो’

  काठमाडौँ । सरकारले दसै, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गरी बिहीबारदेखि संयुक्त रूपमा बजार अनुगमन सुरु थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्तासंग विभाग,...

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

  काठमाडाैं ।  नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको...

त्रिशूलीमा कार खस्याे, एकै परिवारका तीन बेपत्ता

  चितवन ।  इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका...

करिश्मादेखी शान्ता चाैधरी समेतले होम सेन्टरमै दिए कक्षा १२ को परीक्षा

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ ।...

टेबलटेनिस टोली कतारतर्फ

काठमाडौं । २५ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ । ६ खेलाडी, एक प्रशिक्षक र एक...

साताका लोकप्रिय समाचार

बर्दियामा छिमेकीले बँदेललाई थापेको पासोमा परेर एकै घरका ३ जनाको मृत्यु

गुलरिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँमा शुक्रबार राति जंगली जनावरलाई थालेको विद्युत्तीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बँदेललाई...

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

  काठमाडाैं ।  नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको...

दिदीभाइलाई ओछ्यानमै सर्पले डस्यो, अस्पताल लैजादा बाटैमा मृत्यु

काठमाडाैं ।  सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ...

सरकार भन्छ : बजार अनुगमन सुरु भयो, उपभोक्ता भन्छन् ‘यो नौटंकी हो’

  काठमाडौँ । सरकारले दसै, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गरी बिहीबारदेखि संयुक्त रूपमा बजार अनुगमन सुरु थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्तासंग विभाग,...

भारतीय तस्करबाट सशस्त्र प्रहरी कुटिए

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका छन । भारतीय तस्कर समूहको आक्रमणबाट...

ट्रेन्डिङ

पञ्जावविरुद्ध कोलकाताको जीत

अहमदावाद । इन्डियन प्रिमियर लिग आइपीएलको गएराती सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाव किङ्सलाई ५ विकेटले पराजित गरेको छ । अहमदावादको नरेन्द्रमोदी स्टेडियममा भएको खेलमा...

श्रीमती हत्याको अभियोगमा पक्राउ

गलकोट । श्रीमतीलाई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–७ गाल्डुङका ६२ वर्षीय देवीराम विकलाई इलाका प्रहरी...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)