काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्याइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सडक सम्पर्क टुटेका बस्तीमा राहत सामग्री पुर्याउन ड्रोनको प्रयोग गरिरहेको जनाएको छ । दसैँका समयमा समेत प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन ड्रोन प्रयोग गरिएको प्राधिकरणले जनाएको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सडक सम्पर्क विच्छेद भएका र भौगोलिक रूपमा विकट क्षेत्रमा राहत वितरण गर्न ड्रोन प्रभावकारी बनेको बताए ।
“हामीसँग चार वटा ड्रोन छन् । रसुवा र गोरखामा सडक सम्पर्क विच्छेद भएका स्थानमा ड्रोनमार्फत राहत वितरण भइरहेको छ,” उनले भने ।
बाढीमा सडक, पुललगायत भौतिक पूर्वाधार बगेपछि राहत सामग्री आपूर्ति गर्न प्राधिकरणलाई चुनौती थपिएको छ । प्रभावित नागरिकको उद्धार र राहतमा प्राधिकरणले ड्रोनको अधिकतम उपयोग गरेको छ ।
सम्बन्धित समाचार
२१ किलो सुनसहित ३ चिनियाँ नागरिक पक्राउ
बूढीगण्डकी बाढी: पाँच जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित
सुनकोशीमा खस्यो टाटासुमो, तीन जनाको मृत्यु
सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान
११.९६ अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्बमै सीमित
यस वर्ष दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा
एनपीएलको तयारी अन्तिम चरणमा
पशुपतिमा गैरहिन्दु प्रवेशको भिडिओ भाइरल, हिन्दु–मुस्लिम जोडी पक्राउ






