२१ किलो सुनसहित ३ चिनियाँ नागरिक पक्राउ

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–२ माथिल्लो भंगालबाट २१ किलो ७ सय ५० ग्राम ६ सय ८० मिलिग्राम तौल बराबरको सुनसहित ३ जना चिनियाँ नागरिकहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-२ माथिल्लो भंगाल बस्ने २७ वर्षीय HAN FEI, ४७ वर्षीय ZHOU LONGQIN र ३७ वर्षीय WANG JIANZHEN रहेका छन् ।

उक्त स्थानमा चिनियाँ नागरिकहरूले घर भाडामा लिई अवैध रूपमा सुनको कारोबार तथा ओसारपसार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरूको साथबाट नेपाली तथा विदेशी मुद्राहरू, ओसारपसारमा प्रयोग भएको गाडी, सुन प्रशोधनमा प्रयोग हुने मेसिन र उपकरणहरू तथा कागजातहरू समेत बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

आम मुस्मिल मोर्चाको काठमाडौं उपत्यका विशेष कमिटीको अध्यक्षमा मोहम्द आरिफ शाह