डर्टमुन्ड स्तब्ध

म्युनिख । जर्मन बुन्डेसलिगामा उपाधि यात्राबाट बाहिरिएको बोरुसिया डर्टमुन्ड तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी माइन्जसँग २–० ले स्तब्ध बनेको छ । बायर्न म्युनिख लगातार आठौं सिजन बुन्डेसलिगा च्याम्पियन बनेको भोलिपल्ट डर्टमुन्डको प्रदर्शन निकै फितलो बनेको थियो । डर्टमुन्डमाथिको जितमा माइन्जका जोनाथन बुकार्ड र जिन फिलिपे मटेटाले गोल गरे ।

सिग्नल इडुना पार्कमा बुधबार राति भएको खेलमा डर्टमुन्डसँग दबाबमा खेलिरहेको माइन्जले काउन्टर एट्याकमा केही आक्रमण बुन्ने प्रयास गरिरहेको थियो । ३३औं मिनेटमा बोटे बाकुको उत्कृष्ट क्रसमा जोनाथनले गोल गर्दै घरेलु टोलीविरुद्ध माइन्जलाई अग्रता दिलाए । ४९औं मिनेटमा माइन्जले पेनाल्टीमार्फत अग्रता दोब्बर पा¥यो । मटेटाले गोल गरे । खेलमा २–० ले पछि परेको डर्टमुन्डले बल पोजेसन राखे पनि गोलको लागि उल्लेख्य आक्रमण बुन्न नसक्दा डर्टमुन्ड घरेलु मैदानमै २–० ले स्तब्ध बन्न पुग्यो । हारपछि डर्टमुन्ड ६६ अंक जोडेर दोस्रो स्थानमा यथावत् रहँदा माइन्जलाई जितले केही राहत मिलेको छ । माइन्ज रेलिगेसन जोनभन्दा माथि उठेको छ । माइन्जको ३४ अंक पुगेको छ ।

यस्तै, बुन्डेसलिगाको अर्काे खेलमा बायर लिभरकुसनले एफसी कोल्नमाथि ३–१ को सहज जित हात पार्दा आरबी लाइप्जिग रेलिगेसन जोनमा संघर्ष गरिरहेको फोर्टुना डुसेलडर्फसँग २–२ गोलको बराबरीमा रोकिएको छ । जितसँगै लिभरकुसनले बोरुसिया मोन्चेनग्लाडवाकलाई पछि पार्दै शीर्ष चारमा स्थानमा बनाएका छन् । लिभरकुसनको ३२ खेलबाट ६० अंक पुगेको छ । समान खेलबाटै मोन्चेनग्लाडवाकको ५९ अंक छ । पराजित कोल्न ३५ अंक जोडेर १३औं स्थानमा छ । बराबरीसँगै लाइप्जिगको ३२ खेलबाट ६३ अंक पुगेको छ । डुसेलडर्फ २९ अंक जोडेर रेलिगेसन जोनको प्ले अफको स्थानमा रहेको छ । यस्तै, अर्काे खेलमा आइनट्राख्ट फ्रान्कफर्टले साल्केलाई २–१ ले पराजित गर्दा होफेनहाइनले अग्सवर्गमाथि ३–१ को जित निकालेको छ ।

यता, स्पेनिस ला लिगामा युवा फरवार्ड जोआओ फेलिक्सको उच्च प्रदर्शनमा एट्लेटिको मड्रिडले ओसासुनामाथि ५–० को सानदार जित हात पारेको छ । एट्लेटिकोको जितमा फेलिक्सले दुई तथा अल्भारो मोराटा, मार्कोस लोरेन्टे र फरेरा करास्कोले समान एक गोल गरे । जितसँगै ४९ अंक जोडेर एट्लेटिको चौथो स्थानमा उक्लिएको छ । ओसासुना ३५ अंकसहित ११औं स्थानमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान