पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्युदण्ड दिने फैसलाप्रति सेनाको गम्भीर आपत्ति

काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्ड दिने त्यहाँको एउटा अदालतको निर्णयप्रति पाकिस्तानी सेनाले गम्भीर आपत्ति जनाएको छ । पाकिस्तानी सेनाका पूर्वप्रमुख समेत रहेका मुसर्रफले ४० वर्ष देशको सेवा गरेको र उनीविरुद्धको फैसलाले संविधानको उपेक्षा गरेको सेनाको टिप्पणी छ ।

सैनिक प्रवक्ता मेजर जनरल आसिफ गफूरले भनेका छन्, ‘जुन व्यक्तिले देशको रक्षाको लडाइँ लड्यो त्यो कहिल्यै देशद्रोही हुन सक्दैन । अदालतमा आफ्नो बचाउन गर्ने अवसर पनि दिइएन जुनकि आधारभूत अधिकार हो । ठोस सुनुवाई नगरेरै हतारमा फैसला सुनाइयो ।’

इस्लामाबादस्थित उच्च अदालतले संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मंगलबार मुसर्रफलाई मृत्युदण्ड दिने फैसला सुनाएको थियो ।

सैनिक प्रवक्ता गफूरले विज्ञप्ति जारी गर्दै भनेका छन्, जनरल परवेज मुशर्रफविरुद्ध अदालतको फैसलाले सेनालाई धक्का लागेको छ ।

पाकिस्तानको इतिहासमा कुनै पनि पूर्वसेना प्रमुखलाई देशद्रोहमा दोषी ठह‍र्याइएको यो नै पहिलो घटना हो ।

मुसर्रफ अहिले यएईको दुबईमा छन् । त्यहाँ उनको उपचार भइरहेको छ । उनको समूह भने फैसलाविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुल्लु नगरपालिकामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी