गजेन्द्र नारायण सिंह क्रिकेट प्रतियोतिगाको तयारी पुरा


सप्तरी । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा आगामी ११ फागुन देखि गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता हुने भएको छ ।
मधेशवादी नेता स्व. गजेन्द्र नारायण सिंहको स्मृति एवं सम्मानमा आयोजना गरिने प्रतियोगिता माध्यमिक विद्यालय कट्टीको खेल मैदानमा संचालन हुने तथा सो को सम्पूर्ण तयारी पुरा भएको गाउँपालिका अध्यक्ष सतिश सिंहले जानकारी दिएको छ ।


प्रतियोगितामा सो गाउँपालिका अन्तर्गतका सवै ८ वटै वडा टिमको सहभागिता रहने छ । यसै क्रममा प्रतियोतिगामा सहभागी हुने ८ वटै वडाका टिमलाई एक कार्यक्रम विच क्रिकेट खेल सामग्री समेत गाउँपालिकाका प्रमुख सिंहले हस्तान्तरण गरेका छन् ।
गाउँपालिकाका सूचना अधिकारी राजेश झाले खेलकुदको विकासका लागि गत वर्ष देखि नै सो प्रतियोगिता आयोजनाको थालनी भएको बताए ।


गाउँपालिका प्रमुख सिंहले खेलकुद क्षेत्रको विकास भएमात्र विकास निर्माणले गतिदिने बताए । उनले गाउँपालिकाको तर्फबाट योग्य खेलाडी उत्पादन तथा गाउँपालिकालाई माथि उठाउन वडा–वडामा खेल पुर्वाधार निर्माण कार्यलाई प्राथमिकतामा राखेको समेत जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 496 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विवेकशील साझाले भन्याे : हामी अत्यन्तै दुःखी छाैँ