Thursday, June 24, 2021
Home Breaking News भारत–चीन सीमा विवाद : शान्तिपूर्ण रूपमा समाधान हुनेमा नेपालको विश्वास

भारत–चीन सीमा विवाद : शान्तिपूर्ण रूपमा समाधान हुनेमा नेपालको विश्वास

,

काठमाडौं । भारत र चीनबीचको सीमा विवादलाई नेपालले शान्तिपूर्ण रूपमा समाधान गर्न दुवै देशलाई आग्रह गरेको छ । नेपाल सधैं क्षेत्रीय र विश्वशान्तिको पक्षमा रहेको भन्दै गलवान उपत्यकामा देखिएको विवाद दुवै देशले शान्तिपूर्ण तरिकाबाट समाधान गर्ने विश्वास नेपालले व्यक्त गरेको छ ।

‘गलवान उपत्यकाको पछिल्लो घटनाक्रमको सन्दर्भमा भारत र चीनले राम्रो छिमेकीको भावनाले, आपसी शान्तिपूर्ण द्विपक्षीय, क्षेत्रीय, विश्वशान्ति र स्थिरताको पक्षमा समस्याको समाधान गर्नेमा हामी ढुक्क छौं,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

लद्दाखको गलवान घाटीमा भएको भारतीय—चिनियाँ सुरक्षाकर्मीबीचको झडपका क्रममा २० भारतीय सैनिकको मृत्यु भएको थियो । सो घटनाको भारत र चीनले एकअर्कालाई आरोपप्रत्यारोप लगाइरहेका बेला नेपालले भने शान्तिपूर्ण तवरमा समस्या हल गर्न भनेको छ ।

सात देशसँग भारतको सीमा जोडिएको छ । भारतको भूमि सीमाको कुल लम्बाइ १५ हजार १ सय ६ दशमलव ७ किलोमिटर रहेको छ । त्यसबाहेक ७ हजार ५ सय ६ दशमलव ६ किलोमिटर लामो समुद्री सीमा छ । चीनसँग भारतको ३ हजार ४ सय ८८ किलोमिटर लामो सीमा रहेको छ । यो सीमा जम्मू काश्मीर, हिमाचल प्रदेश, उत्तराखण्ड, सिक्किम र अरुणाचल प्रदेशमा रहेको छ ।

भारत र चीन सीमामा ४५ वर्षपछि पहिलोपटक दुई देशका सैनिकबीच दोहोरो भिडन्त हुँदा मानवीय क्षति भएको थियो । सन् १९६६ मा दुई देशबीच सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने विषयमा भएको सम्झौताको ६ नम्बर बुदाँले हिंसालाई प्रश्रय दिएका कारण सो घटना हुन पुगेको भारतमा टिप्पणी भइरहेको छ ।

सन् १९६६ मा तत्कालीन चीनका राष्ट्रपति जियाङ जेमिनको भारत भ्रमणका क्रममा तत्कालीन भारतीय प्रधानमन्त्री एचडी देवगौडासँग ‘एलएसीमा सैन्य क्षेत्रमा विश्वास कायम राख्ने’ सम्झौतामा हस्ताक्षर भए पनि आफ्नो सीमा क्षेत्रको पोस्टमा कुनै खतरा हुन्छ भने सबैखाले हतियार चलाउन पाइने ६ नम्बर बुदाँमा राखिएको छ । चीनले सोही बुँदामा भएबमोजिम भारतीय सेना आफ्नो क्षेत्रमा आएपछि आपूmहरूले कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । तर, भारतीय सैनिकले भने चिनियाँ सेनाले सीमा क्षेत्र नाघेपछि झडप भएको जनाएको छ ।

भारत र चीनबीच ३ हजार ४ सय ८८ किलोमिटर लामो सीमा जोडिएको छ । त्यसमध्ये अरुणाञ्चलदेखि लद्दाखसम्मका धेरै ठाउँमा लाइन अफ एक्चुयल कन्ट्रोल कुन हो भन्ने टुंगो लागेको छैन । लामो समयदेखि सो सीमा क्षेत्रको विषयलाई लिएर चीन र भारतका सैनिकबीच धकेलाधेकलसम्मको अवस्था थियो । तर, गत सोमबार एक्कासि चीन र भारतका सेनाबीच दोहोरो भिडन्त हुँदा २० भारतीय सेना मारिए । भारतीय सेना मारिएपछि अहिले दुई देशको तनाव अझै मत्थर भइसकेको छैन ।

सीमाको विवादमा भएको झडपमा भारतलाई क्षति भएपछि चीनविरोधी भावना बढेको छ । भारतीय टेलिभिजन च्यानलहरू हेर्ने हो भने अब भारत पूरै चीनविरोधी भएर जान्छ भन्नेमा केन्द्ति छ । उसका उत्पादन बहिष्कार गर्नुपर्छ भन्ने समाचारलाई बढावा दिइएको छ । तर, अहिले नै भारतले चिनियाँ सामग्री आयात बन्द गर्ने अवस्था भने छैन ।

(Visited 310 times, 1 visits today)
Loading comments...

आजको समाचार

घर आउँदै गरेकी किशोरीलाई लछारपछार पारी बलात्कार गर्ने पक्राउ

  दल्लु ।  जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद्रबहादुर बुढालाई...

अशक्त बालबालिकाको हेरविचार सरकारले गर्नेछ : प्रधानमन्त्री

  काठमाडाैं ।   प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीय सभाको...

चुडामणी शर्मासहित महत र ढकाल विरुद्ध एक अर्बको भ्रष्टाचार अभियोगमा मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्याेट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माविरुद्ध भ्रष्टाचारका अभियोगमा मुद्दा दायर...

इग्ल्यान्ड, क्रोसिया र चेक रिपब्लिक नकआउट चरणमा

लन्डन । समूह 'डी' बाट इंग्ल्याण्ड, क्रोएसिया र चेक रिपब्लिक युरोकप फुटबलको नकआउट चरणमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–०...

साढे २ घण्टापछि चल्याे टेलिकमको मोबाइल सेवा

काठमाडौं । नेपाल टेलिकमको ल्यान्ड लाइन र मोबाइल सेवा अवरूद्घ भएके साढे २ घण्टापछि सञ्चालनमा अएके छ । टेलिकमको कोर नेटवर्कमा समस्या आउँदा टेलिकमका...

साताका लोकप्रिय समाचार

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

पलेसाले पाराओलम्पिक खेल्ने पक्का

काठमाडौं । नेपाली पारातेक्वान्दो खेलाडी पलेसा गोवर्धनले टोकियो पाराओलम्पिक गेम्स २०२० खेल्ने पक्का भएको छ । नेपाल तेक्वान्दो संघले विज्ञप्ति जारी गर्दै पलेसाले वाइल्डकार्डमार्फत...

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

२६०७ जनामा कोरोना संक्रमण पुष्टि, ३९ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७११ जनामा भएको पीसीआर परीक्षणमा १७६८...

भारतबाट नआएपछि अब चीनबाट खोप खरिद

काठमाडौं ।सरकारले सम्झौता गरेर पनि भारतबाट खोप नआएपछि अब उत्तरी छिमेकी मित्रराष्ट्र चीनबाट खोप खरिद गर्ने तयारी अघि बढाइएको छ । सरकारले निटक भविष्यमा...

ट्रेन्डिङ

‘प्रतिनिधिसभा विघटन चित्तबुझ्दो छैन’

काठमाडौँ । राष्ट्रियसभामा सदस्यले प्रतिनिधिसभा विघटन जनमतको कदर नभएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद उदया शर्माले प्रतिनिधिसभा विघटन चित्तबुझ्दो नभएको...

सार्थक कूटनीतिक प्रयासको खाँचो

लामो समयदेखि विवादित रहँदै आएको नेपाल भारतको सीमा समस्या उच्चस्तरीय कूटनीतिक प्रयासबाट हल खोजिनु राम्रो कुरा हो । यसले दुवै देशका बीचमा कूटनीतिक स्थायीत्व...

लिपुलेक अतिक्रमण विरुद्ध भक्तपुरमा जुलुस

भक्तपुर । भारतले नेपाली भूमि लिपुलेक–कालापानी–लिम्पियाधुरामा एक पक्षीय रुपमा बाटो बनाई मानसरोबर मार्ग खोलेको खोलेको विरुद्ध नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी...

महामारीमा नागरिक जीवनरक्षा

अहिले कोरोना भाइरसको संक्रमणका कारण विश्व नै नराम्ररी प्रताडित बनेको छ । यसबाट पर्ने बहुआयामिक प्रभावका कारण आर्थिक, राजनीतिकलगायतका सबै क्षेत्र नराम्ररी प्रभावित हुँदै...

नेपालमा बढ्न सक्ने शरणार्थी समस्या

काठमाडौं । भुटानी र तिब्बतीयन शरणर्थीको समस्या खेपेको नेपालले पुनः रोहिंग्या मुस्लिमहरूको समस्या खेप्ने देखिएको छ । अहिले सात वर्षयता म्यानमारबाट बंगलादेश, भारत हुँदै...

बाढी पहिरोले सय मेगावाट बढी विद्युत् उत्पादन ठप्प

काठमाडौं । बाढी पहिरोका कारण दर्जन बढी जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बर्खा लागेसँगै सधै उच्च जोखिममा रहेको गरेको जलविद्युत् क्षेत्रमा यस वर्ष...

आईपीएल खेलाउन श्रीलंका इच्छुक

कोलम्बो । कोरोना भाइरसको महामरीबीच श्रीलंकाले इन्डियन प्रिमियर लिग (आईपीएल)को १३औं संक्रमण्मा आयोजना गर्ने प्रस्ताव राखेको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले कोरोनाका कारण...

ढोकाअगाडि सुशासनको शपथ, टेबलमुनिबाट घुसको बकस

काठमाडौं । दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सबै सरकारी कार्यालयका कर्मचारीलाई ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्न । म देश र...

कोरोनाबाट बाराको जीतपुरसिमरामा एक जनाको मृत्यु

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा कोरोनाका कारण एक जनाको ज्यान गएको छ । नगरको वडा नम्बर ४ स्थाई घर भएका ५५ बर्षीय शेख समी...

रुकुम घटना हत्या नै

काठमाडौं । पश्चिम रुकुमको चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनाएको छानबिन समितिले घटनामा निधन भएकाहरूको हत्या नै...

नेकपा विवादः शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला पार्टी बैठक अन्योलमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला पार्टी बैठक एवं छलफल अन्योलमा परेको छ । पार्टी भित्रको किचलोले पार्टी...

न्युकासल युनाइटेडमा साउदी अरबको लगानी

लन्डन । इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेडलाई साउदी अरेबियाको सार्वभौम धन कोषले खरिद गर्ने भएको छ । साउदीको कोषले ३ सय मिलियन पाउन्डमा न्युकसलको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)