परशुरामबाट भागेका संक्रमित पुन: आइसोलेसनमा

डडेल्धुरा । परशुराम नगरपालिका सिल गर्ने निर्णय गरेकै दिन शनिबार राति ८ जना संक्रमित आइसोलेसन वार्डबाट भागेका थिए । परशुराम नगरपालिका–१२ मा रहेको सिद्धनाथ आधारभूत विद्यालयको आईसोलेसनबाट भागेकालाई राति नै प्रहरीको सहयोगका पुन आइसोलेसनमा राखिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आईसोलेसनमा बस्दा खाना बस्नको व्यवस्थापन नभएको र शनिबार दिनभरि भोकै राखेकाले भागेका थिए । परशुरामका ३२ जनामध्ये केही कोरोना संक्रमितहरु आफ्नै घरमा आईसोलेसनमा रहेका र हामीलाई मात्रै परिगाउँबाट ल्याएर विद्यालयमा राखियो, न त सुत्ने व्यवस्था छ न त खाने व्यवस्थापन नै त्यसैले भागेको उनीहरुले बताए ।

आइसोलेनबाट परिगाउँबाट ल्याएका ८ जना संक्रमितहरु भागेका र प्रहरीको सहयोगमा राति नै आईसोलेनमा फर्काइएको परशुराम नगरपालिका स्वास्थ्य शाखा प्रमुख हिक्मत धामीले बताए । खानेकुराको राम्रो व्यवस्थापन नभएकोले भागेको बुझिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । उनले भने प्रहरीको सहयोगमा राति नै पुन आइसोलेनमा राखेका छौ नरपालिकालाई आइसोलनमा खाना बस्नको राम्रो प्रबन्ध मिलाउन आग्रह पनि गरिएको छ ।

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि नगरपालिकाले असार ११ गतेसम्मका लागी नगरपालिका सिल गरेको छ । नगरपालिका भित्र संक्रमितहरुको संख्या ३२ जना पुगेपछि असार ११ गतेसम्मका लागि नगरपालिका सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले बताए ।

परशुराम नगर कार्यपालिकाको असार ६ गतेको बैठकले असार ७ गतेदेखी ११ गतेसम्म लागु हुने गरी नरपालिकाभित्रका सवै होटेल तथा बजार क्षेत्रहरु,बैंक वित्तिय संस्थाहरु, यातायताका साधनहरु पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
अत्यावश्यक सेवाका कार्यालयहरु र स्वास्थ्य संस्थाहरु भने संचालनमा रहने नगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

epaper

ताजा समाचार

नागढुंगा चेकपोस्टमा सवारी होल्ड (फोटोफिचर)