Monday, March 1, 2021
Home Breaking News बजेट सक्न गुणस्तरहीन काम गरिँदै

बजेट सक्न गुणस्तरहीन काम गरिँदै

विकास बजेटको जम्मा ३१ प्रतिशत मात्रै खर्च

काठमाडौं । चालु आर्थिक वर्ष सकिन २५ दिन मात्रै बाँकी रहँदा विकास बजेटको जम्मा ३१ प्रतिशत मात्रै खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको विनियोजित विकास बजेट सक्न अबको २५ दिनमा दैनिक ११ अर्ब १४ करोड रुपैयाँका दरले खर्च गर्नुपर्ने देखिएको छ ।

सरकारले चालु आर्थिक वर्षको पुँजीगत खर्च (विकास खर्च)का लागि ४ खर्ब ८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेकोमा शनिबारसम्म ३१.७४ प्रतिशत अर्थात् १ खर्ब २९ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार कुल बजेटबाट खर्च गर्न बाँकी २ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ छ । चालु आर्थिक वर्षको कुल बजेट सक्न सरकारले अबको २५ दिनमा दैनिक ११ अर्ब १४ करोड रुपैयाँको दरले खर्च गर्नुपर्ने हुन्छ ।

यसरी अन्तिम समयमा विकास खर्चको चाप बढ्दा विनियोजन भएको खर्चको आकार बढ्नुका साथै अनियमितता पनि सँगै बढ्ने सम्बन्धित जानकारहरु बताउँछन् । वर्षेनि असारको अन्तिम समयमा विकास बजेटको आकार ह्वात्तै बढ्ने गरेको छ । हतारमा र असारमा आएर एक्कासि विकास गरिने भएकाले यसलाई असारे विकासको संज्ञा दिइने गरिएको छ । असारे विकासका नाममा गुणस्तरहीन काम हुने गरेको छ ।

विगतका वर्षमा जस्तै चालु आर्थिक वर्षमा पनि अवस्था उस्तै देखिएको छ । जानकारका अनुसार विगतका वर्षमा जस्तै चालु आर्थिक वर्षमा पनि अन्तिम समयमा खर्चको आकार बढ्ने देखिएको छ । त्यसैले सरकारले खर्च क्षमता बढाई नीतिगत प्रक्रियामा सुधार तथा अनुगमन प्रणाली व्यवस्थित बनाउनुको विकल्प नभएको अर्थविद्को भनाइ छ ।

पूर्वमुख्यसचिव डा. विमल कोइराला सरकारले बजेट खर्च गर्न नसक्ने पुरानै रोग भएकाले यो अवस्था परिवर्तन गर्नुपर्ने बताउँछन् । सरकारले चालु आर्थिक वर्षका लागि चालु खर्चतर्फ ९ खर्ब ५७ अर्ब रुपैयाँ विनियोजन गरेकामा हालसम्म ६ खर्ब ८२ अर्ब रुपैयाँ अर्थात् ७१ प्रतिशत खर्च भएको छ ।

वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ६७ अर्ब रुपैयाँ खर्च विनियोजन भएकामा ५१.६५ प्रतिशत अर्थात् ८६ अर्ब ७० करोड रुपैयाँ खर्च भएको छ । यो समयसम्म राजस्व ६० प्रतिशत संकलन भएको छ । खर्च गर्ने क्षमता न्यून हुनु तथा अनुगमन प्रणाली कमजोर भएकाले सरकारले विकास बजेट खर्च गर्न नसकेको अर्थविद्ले बताउँदै आएका छन् । अन्तिम समयमा खर्चको आकार बढ्दा आर्थिक अनियमितता समेत बढ्न सक्ने पूर्वमुख्यसचिव कोइरालाको भनाइ छ ।

यो पनि पढ्नुहोस   राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

लामो समय कागजी प्रक्रियामै अल्झिनु पनि विकास बजेट कम हुनुको अर्काे कारण हो । अन्तिम समयमा मात्रै खर्चको आकार बढ्दा एकातिर बजेट कसरी खर्च भइरहेको छ भन्ने अनुगमन गर्न सकिँदैन भने कामको गुणस्तरमा समेत प्रश्न उठ्ने र अनियमितता पनि बढ्ने देखिछ । अर्थ मन्त्रालयले पहिल्यै सहमति दिइसकेको, ठेक्का लागिसकेको र भुक्तानी हुन बाँकी रकम अनिवार्य दिनैपर्ने बताएको छ ।

अर्थ मन्त्रालयका अनुसार गत वर्षको असारमा मात्रै २ खर्ब ८३ अर्ब रुपैयाँ खर्च भएको थियो । अहिले विगतका वर्षमा जस्तो मनपरी र जथाभावी खर्च भुक्तानी हुन नदिने सरकारको नीति छ । तर पनि डेढ देखि दुई खर्ब रुपैयाँसम्म खर्च हुने अनुमान गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

गत चैतबाट गरिएको लकडाउनका कारण राजस्व संकलनमा आएको गिरावट, सर्वोच्च अदालतको आदेशपछि जम्मा गर्नैपर्ने कर दाखिला नहुने र असारमा अनिवार्य विकास बजेट खर्च गर्नुपर्ने कारणले अहिले सरकार संकटमा परेको छ । अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार जेठ मसान्तसम्ममा सरकारसँग भएको मौज्दात सबै सकियो ।

‘गत जेठ मसान्तसम्म ५८ अर्ब ८४ करोड रुपैयाँ बचतमा छ । अबको केही दिनमै आयव्यय बराबरीको अवस्थामा पुग्नेछ,’ ती अधिकारीले भने, ‘हरेक दिन कहाँ कहाँबाट पैसा जुट्ला र असारमा गर्नुपर्ने क्षेत्रमा खर्च गर्ने भनेर हिसाब हेरिरहेका छौं ।’

विगतका वर्षमा सरकारी रकमको मौज्दात विवरण राष्ट्र बैंकबाट लिने गरिए पनि यसपटक महालेखा नियन्त्रकको कार्यालय र अर्थकै अधिकारीले हरेक खाता हेरिरहेका छन् । अहिले खर्च जुटाउने विकल्पका रूपमा अर्थले वैदेशिक सहायता तथा ऋणअन्तर्गतको रकम हेरिरहेको छ । चालु आर्थिक वर्षमा वैदेशिक सहायताबाट ३२ अर्ब र वैदेशिक ऋणबाट १ खर्ब २१ अर्ब प्राप्त हुने अनुमान अर्थ मन्त्रालयले गरेको थियो । अनुदान र ऋण प्राप्त गर्ने भनिएका क्षेत्रहरूमा सरकारले नै खर्च गर्ने र पछि शेधभर्नाका रूपमा दातृ निकायहरूबाट लिने चलन छ । त्यस्तो रकम बढीमा ३० अर्ब रुपैयाँ जति आउला भन्ने अनुमान अर्थ मन्त्रालयको छ ।

(Visited 611 times, 1 visits today)
Loading comments...

आजको समाचार

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

साताका लोकप्रिय समाचार

श्रम र श्रीको मूल्य स्वदेशमै खोजौं

हरेक मानिसले सुख, सुविधा, समृद्घि, इज्जत एवं प्रतिष्ठाको लागि संघर्ष गरेको हुन्छ । संसारमा सबैलाई मिठो खाऊँ, राम्रो लगाऊँ, सम्पत्तिबाट पूरा हुन सक्ने सुविधा...

जनादेशअनुसार जुटेर अघि बढ

विघटित संसद् पुनस्र्थापना हुने भएपछि अबको नेपालको राजनीतिक परिदृश्यमा बन्ने सरकार नेकपाकै हुन्छ वा अरू कुनै दलको भनेर निकै चर्चा हुने गरेको छ ।...

सरकार र ‘विप्लव’ समूहबीच भित्रभित्रै वार्ता

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रूपमा भित्रभित्रै वार्ता गर्दै आएको छ ।
यो पनि पढ्नुहोस   अर्थ मन्त्रालयमा सहसचिवहरूको सरुवा, प्रवक्तामा दाहाल
सरकारी पक्षले वार्तालाई परिणाममुखी बनाउन भन्दै...

पोखरा प्रज्ञा–प्रतिष्ठान कुलपतिमा ढकाल

पोखरा । पोखरा प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा पदमराज ढकाल चयन भएका छन् । पोखरा महागरपालिकाले ढकाल कुलपति रहेको ७ सदस्यीय समिति चयन गरेको हो । कुलपतिमा...

मिस र मिसेस ब्युटिफुलका प्रतियोगीले देखाए प्रतिभा

काठमाडौं । दक्ष इन्टरटेनमेन्टले १५ फागुनमा राजधानीमा मिस ब्युटीफुल नेपाल र मिसेस ब्युटिफुल नेपाल २०२१ आयोजना गर्ने भएको छ । मिस ब्युटीफुल नेपाल २०२१...

ट्रेन्डिङ

सिन्धुली अस्पतालमा कोरोना जाँच गर्न ‘आइसुलेसन वार्ड’

सिन्धुली । सिन्धुली अस्पतालले कोरोना भाइरसका विरामीको उपचारका लागि छुटै वेड तथा स्थान निर्माण गरेको छ । नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि कोरोनाको...

मिर्गौला रोगबाट विद्यार्थीको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–९ की १७ वर्षीया विद्यार्थी अरिस्ता परियारको मिर्गौला रोगका कारण मृत्यु भएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण मिर्गौला...

खानेपानीको चरम अभावमा सिद्धिथुम्काको चुली

इलाम । देउमाई नगरपालिका–७ मा पर्ने सिद्धिथुम्काको चुलीमा खानेपानीको अरम अभाव छ । त्यहाँ पानी ल्याइएको चापगैरी खानेपानी आयोजनाको पानीले स्थानीयलाई पुग्दैन । आलो...

टेलिकमको डाटा स्पिड बढ्यो

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवाको सिस्टम अपग्रेड सम्पन्न गरेको छ । कम्पनीले डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको पोलिसी एन्ड चार्जिङ रुल्स फंसन...

‘कोरोना प्रभावितलाई दुव्र्यवहार नगरौँ’

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोभिड–१९ बाट प्रभावित भई क्वारेन्टिन, आइसोलेसनमा बसेका वा डिस्चार्ज भई घर गएका व्यक्तिलाई दुव्र्यवहार नगर्न अनुरोध गरेको छ...

प्रदेश दुईमा थप ६३ मा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १० महिला र ५३ पुरुष सहित ६३ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् भने ८४ जना...

नीति तथा कार्यक्रमको सशक्त कार्यान्वयन

सिंगो विश्व र हाम्रो देशले समेत कोरोना भाइरस (कोभिड–१९) को महामारीको सामना गरिरहेको अवस्थामा सरकारले आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको...

पितृको सम्झनामा सोह्रश्राद्ध

विश्वको एक मात्र हिन्दू देश नेपाल कला– संस्कृतिको धनी राष्ट्र हो । कुनै समयमा काठमाडौंमा मानिसभन्दा देवता र घरभन्दा मन्दिरको संख्या धेरै रहेको भनाइ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

भर्खरै

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

धेरै पढिएका

प्रधानमन्त्री ओलीले तुरुन्त राजीनामा दिनुपर्छ : वामदेव गौतम

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिन सुझाव दिएका छन् । गौतमले एक विज्ञप्ति...

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गरेका छन् । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला,...

गुणस्तरहिन सामग्री प्रयोग भएको भन्दै स्थानियद्वारा विरोध

धनकौल । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर १ सेखौना टोलमा सडक निमार्णमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयहरुले बिरोध गरेका छन् । गाउँपालिका अध्यक्ष रामअश्रय...

एक दर्जन कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा

काठमाडौं । एक दर्जन कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । आवेदन दिएका १२ ओटा कम्पनीलाई बोर्डले...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)