काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा पूर्वअर्थमन्त्रीसमेत रहेको पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ हुन लागेको हो ।
पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै गत असार १० गते अदालतमा बन्दी प्रत्यक्षीकरण मुद्दाका लागि निवेदन दिएकी थिइन् ।
जसअनुसार न्यायाधीश टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतमा विचाराधीन नेपाल सरकार वादी र दीपक भट्टसमेत प्रतिवादी भएको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको फाइल झिकाउन भनेको थियो। सो आदेश पछि आज सुनवाई गर्न पेशी तोकिएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)
सम्बन्धित समाचार
रास्वपा महाधिवेशनः केन्द्रीय समितिको आकार बढ्दा बग्रेल्ती आकांक्षी
विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदको चासो
बन्दसत्र आज, भोलिवाट निर्वाचन प्रक्रिया, रास्वपालाई थप समावेशी बनाइँदै
रास्वपाको राजनीतिक बाटो सामाजिक लोकतन्त्र (सभापति रविको प्रतिवेदनसहित)
रास्वपा महाधिवेशनः पहिलो चरणको मतदान १२ बजेसम्म
विष्णु पौडेलको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
किन उत्रियो रास्वपा प्रदेशसभा खारेजको पक्षमा ?
सभापतिको शैली पछ्याउँदै गृहमन्त्री गुरुङ






