Saturday, July 24, 2021
Homeखेलएट्लेटिको लयमा

एट्लेटिको लयमा

,

मड्रिड । रियल भालाडोलिडमाथि कठिन जित निकाल्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको छ । एट्लेटिकोको भालाडोलिडमाथि १–० को कठिन जित निकाल्दै तेस्रो स्थानमा उक्लन सफल भएको हो । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलमा भिटोलोले खेल सकिन ९ मिनेट बाँकी रहँदा गरेको गो नै एट्लेटिकोको जितमा निर्णायक बन्यो । उनले खेलको ८१औं मिनेटमा डिएगो कोस्टाको पासमा सहज गोल गरेका थिए ।
त्यसअघि खेलको चौथो मिनेटमा नै घरेलु टोलीका गोलरक्षक जान ओब्लाकले उत्कृष्ट बचाउ गर्दै भालाडोलिडको सम्भावित अग्रता टारेका थिए । छैटांै मिनेटमा जोओ फेलिक्सले अवसर खेर फाल्दा एट्लेटिको अग्रता लिनबाट चुक्यो । २३औं मिनेटमा फेलिक्स पुनः चुके ।

दोस्रो हाफमा पनि एट्लेटिकोले गोलको अवसर सिर्जना गरे पनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ५५औं मिनेटमा थोमस लेमार चुक्दा एट्लेटिकोले अग्रता लिन सकेन । ७०औं मिनेटमा डिएगो कोस्टाले गोल गरे पनि उनी अफसाइड ठहरिए । ८०औं मिनेटमा कोकीको फ्रिकिकलाई थोमस लेमारले प्रयास गरेपनि भालाडोलिडका गोलरक्षक जोसे एन्टोनियो कारो बाधक बने ।

त्यसको एक मिनेटपछि नै सब्सिच्युट भिटोलोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । भिटोलो ७३औं मिनेटमा मार्काेस लोरेन्टेको स्थानमा मैदानमा प्रवेश गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा एट्लेटिको १–० ले विजयी हुन सफल भयो । जितसँगै एट्लेटिकोको ३० खेलबाट ५२ अंक पुगेको छ । समान ५२ अंक रहे पनि सेभिल्ला गोल अन्तरमा पछि रहँदै चौथो स्थानमा झरेको छ । भालाडोलिड ३३ अंक जोडेर १५औं स्थानमा छ ।

यस्तै, अर्काे खेलमा लेभान्टेले स्पान्योललाई ३–१ ले तथा एथ्लेटिको विल्वाओले रियल बेटिसलाई १–० ले पराजित गर्दा गेटाफे र एइवरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

Loading comments...

आजको समाचार

निगमलाई कम्पनीमा लैजाने विवादमा समितिको चासो

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने सम्बन्धमा उत्पन्न कर्मचारी विवाद र यसले निगमको काम ठप्प भएको सम्बन्धमा संसदीय समितिले...

शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रासँग ७० पोर्न फिल्म

मुम्बई । बलिउड फिल्म निर्माता तथा अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्राको समूहले ठूलो मात्रामा पोर्न फिल्म बनाएर पोर्न फिल्मको व्यवसाय सञ्चालन गरेको प्रहरीले...

सुभाष नेम्वाङलाई प्रकाशमान सिंहको प्रश्न : आफुले विधि मिच्ने अनि मुल्य मान्यताको कुरा गर्ने ?

  काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले संसदिय दलका उप नेता सुवास नेम्वाङलाई विधि मिचेर मुल्य मान्यता नसिकाउन आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधी...

दुईहजार ९७७ सङ्क्रमित थपिए, १८ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २,९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १३ हजार ६९८ लाई...

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

  बझाङ । घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की ३० बर्षिया महेश्वरी देवि...

साताका लोकप्रिय समाचार

‘तत्काल निर्वाचन समिति गठन गरियोस्’

काठमाडौं । नेपाल स्काउट प्रगतिशील संघर्ष समितिले नेपाल स्काउटको केन्द्रदेखि स्थानीय तहसम्म तत्काल निर्वाचन गराएर समिति गठन गर्नुपर्ने माग गरेको छ । यसका लागि...

समयमै राहत पु-याऊ

मनसुन सुरु भएसँगै बाढी पहिरोको प्रकोप बढेर नागरिकले दयनीय अवस्था भोगिरहेको बेला समयमै राहत पु¥याउन नसक्दा झनै सास्ती भोग्नुपरिरहेको छ । उसो त प्रकृतिले...

सांसद भीम रावलद्वारा राजीनामा घाेषणा

  काठमाडाैं ।  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएकाे घोषणा गरेका छन् । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा...

ओली लाल गदार हुन् : युवा संघ उपाध्यक्ष पौडेल

  महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालका उपाध्यक्ष एवं संगठन बिभाग प्रमुख नितेश पौडेलले केपी शर्मा ओलीलाई ‘लाल गदार’ को संज्ञा...

प्रशिक्षक श्रेष्ठ टोकियो ओलम्पिक जाने

काठमाडौं । एथलेटिक्सकी प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना संक्रमण पुष्टि भएपछि उनको स्थानमा अर्काे प्रशिक्षक सन्तोष श्रेष्ठ टोकियो ओलम्पिकमा जाने भएका छन् । नेपाल ओलम्पिक...

ट्रेन्डिङ

यसरी हुँदैछ नेता र सांसदको स्वाब संकलन (फोटोफिचर)

काठमाडौं । शुक्रबारदेखी संसद अधिवेशन सुरु हुने भएपछि संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुमा कोरोना संक्रमण परीक्षण सुरु गरिएको छ । बिहीबार सांसदहरुको संघीय...

अर्थमन्त्री पौडेलको परिकल्पना : जलसम्पदाको सदुपयोग हुने मुलुककै ठूलो परियोजना

  बुटवल । पिउने पानी, सिंचाई, विद्युत र जलपर्यटनको प्रचूर सम्भावनालाई साकार पार्नेगरि परिकल्पना गरिएको कालिगण्डकी–तिनाउ नदी डाइभर्सन आयोजनाका कामले अब मूर्त रुप लिन थालेका...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?