पाल्पा । पाल्पामा थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ । पूर्वखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ८० जना र माथागढी गाउँपालिकाका थप २ जनामा सङक्रमण देखिएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा १ सय ३९ जनाको रिपोर्ट आउँदा ८० जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । संक्रमण भएकाहरु ३ देखी ५८ वर्ष उमेर समुहका छन् । उनीहरु सबै भारतबाट आएर गणपती, जनउज्वल र अकला विद्यालयको क्वारेन्टाईनमा बसेका व्यक्ति हुन् ।
संक्रमितहरुलाई कहाँ राख्ने भन्ने छलफल भइरहेको रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस अघि पूर्वखोला गाउँपालिकाका एक जना सक्रमितको उपचारको क्रममा मत्यु भएको थियो । संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)