चलचित्र महोत्सवमा ४० देशका सिनेकर्मी

काठमाडौं । काठमाडौंको भृकृटीमण्डपस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्ड यतिबेला फिल्ममय बनेको छ । बिहीबारबाट त्यहाँ तेस्रो संस्करणको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) सुरु भएको छ । यो महोत्सवका लागि विश्वका ४० मुलुकबाट सिनेकर्मी काठमाडौं आएका छन् ।

बलिउडका लोकप्रिय चलचित्र निर्देशक प्रकाश झा पनि महोत्सवको मुख्य निर्णायक भएर काठमाडौं आएका छन् । बिहीबार अपराह्न सभामुख अग्निप्रसाद सापकोटाले यो महोत्सवको उद्घाटन गरे ।

महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले सांस्कृतिक पहिचानको मुख्यमाध्यम चलचित्र हो भने । उनले यस्ता अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जीवन्त र सजीव अन्तक्र्रियाको थलो हुने गरेको बताए । सभामुख सापकोटाले यस्ता महोत्सवमा देश विदेशका राम्रा चलचित्रमा सहभागी हुने हुँदा त्यस्ता चलचित्र र सिनेमा सम्बन्धी अन्तत्र्रिmयाले गुणस्तीय चलचित्र निर्माणमा नेपाली चलचित्र निर्मातालाई प्रेरित गर्ने भनाइ सो कार्यक्रममा राखे ।

उद्घाटन समारोहका विशेष अतिथि एवं बलिउड निर्देशक प्रकाश झाले फिल्म फेस्टिभल कलाको महŒवपूर्ण उत्सव हो भने । आफू यो महोत्सवमार्फत नेपालमा संसारका विभिन्न देशका सांस्कृतिक सिनेमा हेर्ने उत्सुक रहेको उनले बताए । फिल्ममा सहभागी चलचित्रमध्येबाट आफूसहितको निर्णायक समितिले उत्कृष्ट सिनेमा चयन गर्ने पनि उनले जिकिर गरे ।

नेपालको बोर्डरमा जन्मिएको बताउँदै नेपाल दोस्रो घरजस्तै लाग्ने जानकारी प्रकाश झाले गराए । ‘म बिहारमा जन्मिएको हुँ र जहाँ नेपालको बोर्डर पथ्र्यो । हामी त के हाम्रा गाइवस्तु पनि चर्नलाई नेपाल जान्थे ।’ यसरी नेपालसँगको नाता गहिरो भए पनि काठमाडौं आफू पहिलोपटक आएको उनले जानकारी गराए । आफू चलचित्रकर्मी भएको र चलचित्र महोत्सवमा आफूलाई अतिथिको बेलाउँदा त्यत्तिकै खुसी लागेको निर्देशक प्रकाश झाले बताए ।

‘यो महोत्सवमा विदेशी सिनेमा त हामीले हेर्छौं नै । महोत्सवको दौरान विदेशीसँगै नेपाली भाषाका पनि उत्कृष्ट चलचित्र हेर्न पाउने विश्वास मैले लिएको छु ।’ निर्देशक झाले बताए । आफूले चलचित्र क्षेत्रमा बिगत ४० वर्षदेखि काम गरिरहेको र यो क्षेत्रमा हरेक क्षण सुखद रूपमा बिताएको स्मरण गराउँदै निर्देशक प्रकाश झाले भने, ‘बिगत ४० वर्षदेखि बलिउडमा कार्यरत छु तर म यो काममा नरमाएको कुनै पनि दिन छैन ।’

महोत्सवका सल्लाहकार एवं अग्रज चलचित्रकर्मी नीर शाहले संसारभरका स्तरीय सिनेमा हेर्ने चौतारीका रूपमा चलचित्र महोत्सवलाई व्याख्या गरे । उनले संसारभरका फिल्मलाई सिनेमाबाटै खतरा रहेको जिकिर गर्दै सिनेमाका नाममा बनेका सिनेमा नलाग्ने भिडियो नै वास्तविक सिनेमाका सफताका बाधक र घातक हुन् भने । त्यस्ता नन् एक्सप्रेसिभ सिनेमालाई एक्लै लडेर जित्न नसकिने जिकिर गर्दै सामूहिक रूपमा लड्न यस्तो महोत्सव सशक्तमाध्यम बन्ने बताए ।

महोत्सवका अध्यक्ष केपी पाठकले बिहीबारबाट यो ५ दिनसम्म राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थिएटरमा चल्ने जानकारी गराए । महोत्सवमा सहभागी हुन ४० देशका फिल्मकर्मी नेपाल आइपुगेको अध्यक्ष पाठकले जिकिर गरे । नेपालमा फिल्म संस्कृतिको निर्माण गर्न महोत्सव सुरु गरेको उनले बताए । यो उद्घाटनको अवसरमा चाइनिज फिल्म कम्पोजर देखाइएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा ३९ पालिकाको नतिजा सार्वजनिक (सूची सहित)