दशरथचन्द नगरपालिका र पाटन नगरपालिका सिल

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका र पाटन नगरपालिका सिल गरिएका छन् । कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि यी स्थानीयतहहरुले आफ्नो पालिका भित्रका बजार क्षेत्रलाई सिल गरेका हुन् । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि भन्दै आफ्नो क्षेत्रलाई सिल गरेको सम्बन्धीत पालिकाले जनाएका छन् ।

अत्यावश्यक काम बाहेक सवारी साधन सञ्चालन हुन नदिने, पूर्ण रुपमा बजार बन्द गर्ने, भीडभाड हुन नदिने, बैंक तथा बित्तीय संस्थाहरुलाई हप्तामा तीन दिन मात्रै सञ्चालनमा ल्याउने गरेर बजार क्षेत्रहरु सिल गरिएका हुन् । दशरथचन्द नगरपालिकाले बुधबारदेखि आफ्नो क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ भने बैंक तथा बित्तीय संस्थाहरु पनि तीन दिन मात्रै सञ्चालन हुने जनाइएको छ । कोरोना भाइरसको जोखिम बढेकाले नगर क्षेत्र सिल गरिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए ।

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि १६ गते एक हप्ता सम्म नगर क्षेत्र सिल गरिएको छ । यस्तै पाटन नगरपालिकाले असार ८ गते देखि १५ गतेसम्मका लागि बजार क्षेत्र सिल गरेको छ । कोरोना भाइरसको जोखिम बढिरहेकाले जनजिवन सुरक्षाका लागि बजार क्षेत्र सिल गरिएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए । यस्तै जिल्लाको दुर्गम सिगास गाउँपालिकाका पनि केही वडाहरु सिल गरिएका छन् ।

बैतडीमा अहिले सम्म १सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जिल्लाको पुर्चौडी नगरपालिकाबाहेक सबै ९ओटा स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन् । बजारक्षेत्र सिल गरेपनि बजारहरुमा धेरथोर मात्रामा भिडभाड कायमै रहेको छ भने यातायातका साधन पनि आसिंक रुपले चलिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 857 times, 1 visits today)

epaper

ताजा समाचार

वीरगन्ज महानगरपालिकाका मेयर सिंहसँग ४ लाख १५ हजार धरौटी माग