लाजियो हार्दा युभेन्टसलाई फाइदा

रोम । इटालियन सिरी ‘ए’अन्तर्गत बुधबारको खेलमा दोस्रो स्थानको लाजियो एटलान्टासँग पराजित हुँदा शीर्षस्थानको युभेन्टसलाई फाइदा पुगेको छ । २–० को अग्रतालाई जोगाउन नसक्दा लाजियोले महŒवपूर्ण खेलमा पराजय भोग्यो । उसले एटलान्टासँग पहिलो हाफको पाँचांै मिनेटमा नै अग्रता कायम गरेको थियो । म्यानुएल लाजारीको क्रस बल गोल भएको थियो । त्यसको ६ मिनेटमा नै उसले अर्काे गोल ग¥यो । लुइस अल्बर्टोको पासमा सर्गे मिलिन्कोभिच साभिचले सानदार गोल गरेर लाजियोलाई २–० को अग्रता दिलाए ।

खेलको ३८औं मिनेटमा एटलान्टाले गोल गर्दै खेलमा फर्कने संकेत देखायो । हान्स हातेबोरको क्रसमा रोबिन गोसेन्सको हेडर गोलमा परिणत भएको थियो । खेलको अन्त्यतिर बलमा पकड बनाएको एटलान्टाले बराबरी गोलको प्रयास गरे पनि सफल हुन सकेन ।

दोस्रो हाफको ६६औं मिनेटमा एटलान्टाले खेल बराबरीमा ल्यायो । डे रुनको पासमा रुस्लान मालिनोभ्स्कीले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहारलाई गोलरक्षकले बचाउन सकेनन् । ८०औं मिनेटमा घरेलु टोलीले अग्रता लियो । कप्तान आल्हान्द्रो गोमेजको पासमा जोसे लुइस पालोमिनोले गोल गर्दै लाजियोलाई दबाबमा राखेका थिए ।

यस हारसँगै लाजियोले शीर्षस्थानको युभेन्टससँग अन्तर घटाउने अवसर गुमाएको छ । लाजियोको २७ खेलमा ६२ अंक रहेको छ । समान खेलमा युभेन्टसले ६६ अंक जोडेको छ । एटलान्टा भने महŒवपूर्ण जितसँगै २७ खेलमा ५४ अंकसहित चौथो स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

epaper

ताजा समाचार

विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु