रौतहटमा ७ सय १५ जनाले जिते कोरोना संक्रमण

रौतहट । रौतहटका कोरोना (कोभिड १९) संक्रमित १ हजार १ सय १५ जना मध्ये ७ सय १५ जनाले कोरोना जितेर घर गएका छन् । शुक्रबार २३ जना संक्रमित सहित रौतहटमा कोरोना संक्रमितको संख्या १ हजार १ सय १५ पुगेको हो । जस मध्ये रौतहटका बिभिन्न आइसुलेसनबाट कोरोना निको भएर ७ सय १५ जना घर गएका हुन् । रौतहटमा १० हजार ३ सय ४९ जनाको स्वाब परिक्षण गर्दा १ हजार १ सय १५ जनामा कोरोना पोजेटिभ देखिएको हो । अझै १ हजार ३ सय भन्दा बढीको रिर्पोट आउन बाकी रहेको जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्याङकमा उल्लेख गरिएको छ । अहिले रौतहटका बिभिन्न क्वारेन्टिनमा ८ सय ३० जना भारत लगायत बिभिन्न देशबाट आएका नागरिकहरु बसेका छन ।

यता रौतहटमा क्वारेन्न्टिन भित्र रहेकाहरुमा मात्रै कोरोना भाइरस संक्रमित हुदै आएकोमा बिहिबार क्वारेन्टिन बाहिर बस्नेहरुमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ । रौतहटमा बिहीबार थपिएका ३८ संक्रमितमध्ये तीन जना क्वारेन्टिन बाहिरका हुन् । गौर नगरपालिका वडा नं. ५ का दुई पुरुष र इशनाथ नगरपालिका वाड नं. ३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतको मोतीहारी कोइरियाटोल घर भएका ३० बर्षिय पुरुष गौर नगरपालिका वाड नं. ५ मा रहेको ससुराली बस्दै आएका थिए । उनी रौतहटको बौधिमाई नगरपालिकाको बंकुल बजारका पसल सञ्चालक हुन् । गौरमा भेटिएका दोस्रो संक्रमित ईशानाथ नगरपालिका वाड नं. २ घर भई हाल गौर नगरपालिका वाड नं. ५ बस्ने १७ वर्षीय युवक हुन् ।

काठमाडौंमा पीसीआर जाँच गराउँदा उनलाई संक्रमण पुष्टि भएको हो । तेस्रो संक्रमित ईशनाथ नगरपालिका वडा नं. ३ का २५ वर्षीय पुरुष हुन् । उनी वडाध्यक्षका सवारी चालक हुन् ।

संक्रमण पुष्टि भएकाहरूलाई गौरीशंकर यादव क्याम्पसमा रहेको आइसोलेसनमा राखिएको छ भने कन्ट्याक ट्रेसिङ सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले दिएको जानकारी अनुसार गौर ५ का १७ वर्षीय युवकको परिवारका सदस्यहरूको स्वाब संकलन भइसकेको छ । अन्य दुईको पनि स्वाब संकलन गरिने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रेणु–सिर्जनालाई देउवाको ढाडस