पाल्पाको रानिमहलमा प्रेमजोडी



पाल्पा । आज प्रणयव दिवस यस क्षेत्रका प्रेम जोडिहरुलाई पाल्पाको रानीमहल दरबार एक गन्तव्य बनेको छ । प्रेमको पहिचान दिने दरबार भएकाले प्रणय दिवसको अवसरमा जोडी सहित धुम्ने र रमाउने गर्दछन् ।

खड्ग शमशेरले राणाले आफ्नी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकी किनारामा रानीमहल दरवार निर्माण गरेका थिए । रानीमहल दरबारमा प्रणय दिवसमा आन्तरिक र बाह्रय पर्यटक घुम्ने र रमाउने गरेका छन् । ‘रानीमहल एक पटक घुम्न पर्ने स्थान भनेर सुनेको थिएँ त्यही कारण प्रणय दिवस पारेर घुम्न आएँ । रमाइलो अनुभुति भएको छ’ चितवनबाट घुम्न पुगेका जोडी अन्जन र अनिता राउतले भने ।

राणा खड्ग शमशेरले वि.स. १९४९ सालमा रानीमहलको निर्माण शुरु गरेका थिए भने वि.स. १९५५ मा पुरा भएको थियो । मोटरसाइकल लगायत अन्य सवारीवाट सहजै रानी महल पुग्न सकिन्छ । राती क्यामफायर गर्ने र नदि किनारका टेन्टमा रात बिताउनेहरु पनि धेरै भेटिन्छन् ।

वेलायती दरवार शैलीमा निर्माण गरिएको रानीमहल सम्म तानसेनबाट सवारी साधानमा ४५ मिनेटमा पुग्न सकिन्छ । करिब ११ रोपनी क्षेत्रफलमा रहेको रानीमहल दरवारमा २४ कोठा रहेका छन् । शिबलाय, पानीपोखरी, शिबलिङ्गमा गुम्वज आकारका झ्यालहरु सहित आर्कषित कलाकृतिहरु देख्न सकिन्छ । ऐतिहासिक रानीमहल रमाइलो वातावरण, उत्तरवाहिनीसंगै चिटिक्क दरबार रहेकाले धेरैको मन लोभ्याउने गरेको पोखराबाट घुम्न पुगेका सूर्य बहादुर कार्कीले बताए । यहॉ सडकको स्तर उन्नती र दरबार क्षेत्रलाई अझै व्यवस्थित गर्ने सकेमा पाल्पाको पर्यटन विकासमा रानीमहल दरबार महत्वपूर्ण गन्तव्य बन्न सक्दछ ।

तपाइको प्रतिक्रिया
(Visited 600 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

देवघाट महामहोत्सवबाट भक्तजनको मन जितेर फर्किइन् देवी प्रतिभा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिर्जना र केशवका लागि बालेन चुनौती