विहे गर्ने मन छ उमेर मिल्ने पुरुष छैन


दैलेख । अन्य जातीले प्रणय दिवस मनाईरहँदा दक्षिण एसियाको लोपोन्मुख मानिने राउटे समुदायकी युवतीलाई विवाह योग्य पुरुष नपाउने चिन्ताले पिरोलिरहेको छ । प्रेम दिवसवारे बेखवर यो समुदायकी युवतीलाई जात मिल्ने युवासंग विवाह हुदैन की भन्ने चिन्ताले पिरोल्ने गरेको छ ।

प्रेम दिवसकोवारे यो समुदाय जानकार छैनन । प्रेम दिवसकोवारे जानकारी नभएपनि प्रेम’bout ज्ञान छ । तर विहे गर्न समुदायमा उमेर मिल्दो पुरुषको अभाव छ । सुर्खेत जिल्लाको निगालपानी जंगलमा बस्दै आईरहेकी राउटे समुदायकी युवती विमला शाहीले प्रेम दिवसकोवारे आफुलाई जानकारी नभएको बताई । ‘प्रेम दिवस भनेको के हो मलाई थाहा छैन । आफ्नो समुदायमा जात मिल्ने केटा नपाउदा कहिले विहे हुने हो भनेर चिन्ता लाग्न थालेको छ ।’ उनले भनिन् ।

शहर बजारमा कसैले मोवाइल, फेसबुक र इमेल इन्टरनेटबाट प्रेमदिवस मनाई रहँदा सुर्खेत जिल्लाको जंगलमा बस्दै आएका राउटे युवा युवती भने प्रेम दिवसको ’bout बेखवर छन् । ‘हामीलाई थाहा छैन यो दिवस कसरी मनाउँछन् । के गर्छन । यो हामीले गर्ने होइन तपाईहरु जस्तैले गर्ने होला ?’ राउटे समुदायका युवा शिवराज शाहीले भने ।

राउटे युवती मात्र होइनन् । श्रीमान् गुमाएकी ३२ वर्षिय परु शाहीको पनि उस्तै पिडा छ । राउटे समुदायमा कोही केटा नपाएर पिडित छन् भने कोही श्रीमान्को अकालमै मुत्यु हुनाले प्रेमको पिडामा बस्नुपर्ने बाध्यता छ । आफ्नो जाती भन्दा अन्यजातीसँग विहेवारी नहुने हुँदा राउटे युवायुवती उमेर पुगे पनि अविवाहित वस्नुपरेको छ । तीन जाती रहेको राउटे समुदायको कल्याल जातीमा किशोर र किशोरीसँग विवाह गर्ने उमेरको केटा केटी नहुँदा अविवाहित वस्नुपर्ने बाध्यता भएको हो ।

३० वर्ष उमेर काटीसकेका दिपक शाही बेलामौका आफुलाई विवाह गर्ने केटी पाइन्दैन कि भन्ने चिन्ता लाग्ने गरेको बताउछन् । आफु भन्दा जेठोले विहे नगरि अरुले बिहे गर्न नपाउने चलन राउटे जातीमछ ।

‘अगाडीको मान्छेको विहे भएपछि उमेर अनुसार कान्छोले विहे गछौं ।’ रास्कोटीमा केटा र केटीको सँख्या न्युन रहेको कल्याल जातीका युवायुवती अविवाहित बस्नुपरेको अर्का राउटे मुखिया सुर्य नारायण शाहीले जानकारी दिए । राउटेमा कल्याल समाल र रास्कोटी तीन जाती छन् ।

कल्याल जातीका पुरुषलाई मात्र यो समस्या छैन । महिलाहरु पनि समस्यामा रहेको अर्का राउटे बलबहादुर शाहीले बताए । मानसिंह शाहीकी ३१ वर्षिया छोरी गाँजली शाहीको विहेवारी नभएकैले माइतमा बस्नुपरेको छ । उमेर बढदै जवानी चढदै गएपनि रास्कोटी जातीमा युवा नहुँदा विहे हुन नसक्नेको दुखेसो पोखिन ।

‘विहे गर्ने केटाहरु साना छन् को सँग विहे गर्ने ।” उनले रास्कोटी जातको कर्णबहादुर शाहीको छोरा ८ वर्षिय बलाल शाहीलाई मनपराएको खुलासा गरिन ।

तपाइको प्रतिक्रिया
(Visited 443 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

११ माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा बालेन शाहको अग्रता कायमै