मिलन नेवार र राजनराज शिवाकोटी एकै साथ नयाँ म्युजिक भिडियोमा

काठमाडौं । राजनराज शिवकोटीको शब्द संगीत रहेको मिलन नेवार संगको यूगल गायनमा नयाँ गीत सार्वजनिक भएको छ ‘तिमी यता म उता’ गीतको म्युजिक भिडियोमा गायक गायिका आँफैले अभिनय गरेका छन् ।

केही दिनअघि दक्षिणकालीमा छायांकन भएको यो गीतमा लामो समयसम्म एक–आपसमा भेटघाट हुन नपाउँदाको अवस्थाको पीडा र भेट हुने आशा सहितको भावनालाई व्यक्त गरिएको छ । भिडियोमा नायक नायिका को छोरी को रूपमा राजनका कान्छि छोरी आरिश्मा शिवकोटीको पनि अभिनय रहेको छ ।

भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् भने उत्सव दाहालले यसलाई छायांकन गरेका हुन् । सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा मिलन र राजनराज शिवाकोटीलाई कलात्मक ढंगमा देखाइएको छ ।

चरिले काफल टिप्यो, ठेकिमा दही, गुलेलिले हन्दिउकीलगायतका धेरै गितहरु शिवाकोटी र मिलनको युगल स्वरमा लोकप्रिय रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 465 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आयोजना हुने