Thursday, May 6, 2021
Home प्रदेश प्रदेश ३ सभापति देउवाद्वारा उपाध्यायको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा उपाध्यायको निधनप्रति दुःख व्यक्त

,

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका छन् । क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको उपचारका क्रममा आज निधन भएको हो ।

सभापति देउवाले आज शोक वक्तव्यमार्फत उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । सांसद उपाध्यायको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताउँदै सभापति देउवाले पार्टी र आफ्नो व्यक्तिगततर्फबाट श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले सांसद उपाध्यायको निधनको खबरले दुखित र स्तब्ध भएको उल्लेख गर्दै उपाध्यायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा सक्रिय योगदान पु-याएको बताएका छन् ।

विसं २०२६ मा जन्मिएका उपाध्याय विसं २०४६ को जनआन्दोलनदेखि काँग्रेसमा सक्रिय रहँदै आएका थिए । विसं २०५४ को स्थानीय निर्वाचनमा रुपन्देहीको साविक मधुवनी गाविसमा उनी उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । काँग्रेसको बाह्रौँ र तेह्रौँ महाधिवेशनमा उपाध्याय दुई कार्यकाल क्षेत्रीय सभापतिसमेत थिए । विसं २०७४ मा उनी काँग्रेसका तर्फबाट प्रदेश नं ५ बाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएका थिए ।

(Visited 246 times, 1 visits today)
Loading comments...

आजको समाचार

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ

काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा...

देवघाटमा दोब्बर शव

चितवन । देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्यााउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको शव बागेश्वरीमा...

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

साताका लोकप्रिय समाचार

विश्वकै छोटो गीतको भिडियो रिलिज

काठमाडौं । विश्वकै सबैभन्दा छोटा शब्दको आधुनिक गीत रेकर्ड गराएर विश्व रेकर्ड बनाएका कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले सो गीतको भिडियो रिलिज गरेका छन्...

संक्रमणको साङ्लो चुडाउन आइसोलेशन मात्रै काफी छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड संक्रमणको साङ्लो चुडाउन अस्पताल र आइसोलेशन मात्रै काफी नहुने भएकाले निषेधाज्ञा जारी गरिएको बताएका छन् । सोमबार राष्ट्रको...

घरकाले थाहा पाउछन्, हाम्रो फोटो नखिच्नुस् (फोटोफिचर)

काठमाडौं । निजी अस्पतालले कोरोना शीर्षकमा सर्वसाधारणसंग सर्वस्व लुटिरहेको बेला बीर अस्पतालको नयाँ भवनमा आइसोलेशन बेड तयार हुँदैछ भन्ने कुराले पक्कै पनि केही सकारात्मक...

उपनिर्वाचनका लागि पाँच दल दर्ता

पहिलो क्रमसंख्या एमालेलाई काठमाडौं । राष्ट्रिय सभातर्फको एक पदका लागि ६ जेठमा हुने तय भएको उपनिर्वाचनका लागि पाँचवटा दल दर्ता भएका छन् । बाग्मती प्रदेशतर्फको...

एक वर्षदेखि बिग्रिएर थन्किएको वीर अस्पतालको अक्सिजन प्लान्ट बन्यो

काठमाडौं । गत वर्षको बैशाखबाट बिग्रिएर उत्पादन बन्द भएको वीर अस्पतालको अक्सिजन प्लान्ट मर्मतपछि एक वर्षपछि संचालनमा आएको छ । गत वर्ष कोरोना संक्रमणको गति...

ट्रेन्डिङ

बारामा मास्क नलगाउनेलाई प्रहरीद्वारा मास्क वितरण

बारा । कोरोना भाइरसबाट सर्तकता अपनाउन अनिवार्य मास्क लगाउन गृहले निर्देशन गरेसँगै चेकजाँचमा जिल्ला प्रहरी कार्यलय बाराले कडाई गरेको छ । आवश्यक कामको लागि...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

थप ४१९ जनामा कोरोना पुष्टि, ७५० जना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ हजार जनामा पिसिआर परीक्षण गर्दा ४१९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये...

भद्रकाली पेट्रोल पम्पमा सैनिक जवानद्वारा एसएलआर राइफलले गोली हानी आत्महत्या

काठमाडौं । नेपाली सेनाद्वारा सञ्चालित भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा बसेका एक सैनिक जवानले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । तनहुँको साबिक रानीपोखरी गाविस...

सभामुख सापकोटाको कदमप्रति अध्यक्ष तिमिल्सिना असन्तुष्ट

काठमाडौं । सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीचको मनमुटाव सतहमा देखिएको छ । सभामुख सापकोटाले संघीय संसद्को ‘कार्यवाहक’ महासचिवमा गोपालनाथ योगीलाई...

भोजपुरको कावाखोलामा पक्की पुलको शिलान्यास

भोजपुर । भोजपुर जिल्लाको दक्षिणी भेगमा रहेको कावा खोलामा मोटरेबल पक्की बन्ने भएको छ । भोजपुर–मानेभज्याङ–रानीबास–घोडेटार सडक खण्ड अन्तर्गत पर्ने सो खोलामा आगामी असार...

कोरोनाको मनोवैज्ञानिक पक्ष

चीनको वुहानमा सहरबाट सुरु भएको कोरोना भाइरसको आतंक अहिले विश्वभरि आँधीतुफानझैं फैलिएको छ । कोरोनाको डरले एसिया, युरोप तथा अमेरिका कतिपय स्कुल, कलेज, यातयात,...

आलंकारिक राष्ट्रपति: संविधानको पालक र संरक्षक

ब्रिटिस परम्परामा आलंकारिक राजाका तीन अधिकार हुन्छन् । परामर्श र सूचना पाउने, हौसला प्रदान गर्ने र सचेत गराउने (राइट टु बि कन्सल्टेड, राइट टु...

योगा क्लासमा पनि झल्किन्छ मलाइकाको जवानी

मुम्बई । बलिउड ‘आइटम गर्ल’को रुपमा परिचित मलाईका अरोराको सबै भन्दा धेरै चर्चा हुन्छ जवानीको । दुईबीस उमेर पार गरेकी यी नायिकाले जवानीका सन्दर्भमा...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

थप व्यक्तिमा कोरोना सङ्क्रमण भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण भएको आशंकामा ७०० भन्दा बढीको परीक्षण गर्दा सबैको नेगेटिभ नतिजा आएको जनाएको छ । ...

प्रदेश १ मा थपिए १६६ जना कोरोना संक्रमित

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा ३, तेह्रथुममा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)