गारो भत्किएर दाङमा एक महिला घाइते

तुलसीपुर । शान्तिनगरमा घरको गारो भत्किएर च्यापिदा एक महिला घाईते भएकी छन् । शुक्रबार बिहानको साढे २ बजे पुरानो घरको गारा भत्किएर च्यापिदा शान्तिनगर गाउँपालिका–२ अमुवा निबासी ४० बर्षकी नरिमा बुढा सुनार घाइते भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

घाईते नरिमाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए । घर नजिकै रहेको खेतमा पानी लगाउने क्रममा पुरानो घरको गारा भत्कीएर च्यापेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 505 times, 1 visits today)

epaper

ताजा समाचार

उग्रतारा–मेलौली सडक कालोपत्रेले बदल्यो अजयमेरुको चमडा