‘सम्धि’ खलकबाट यसरी मारिएका थिए सेते दमाई

छोराले अन्तरजातीय विवाह गरेपछि बुहारीको माईती पक्ष (सम्धी)बाट हत्या गरिएका दैलेख नौमुले गाउँपालिका –१ तोलीका सेते दमाईको सालिक बन्ने भएको छ । नौ बर्षअघि छोराले अन्तजातीय विवाह गरेकै कारण सेतेको हत्या गरिएको थियो । हत्या भएको एकदशक पुग्न लाग्दा सङ्घीय संसद् प्रतिनिधि सभाकी सदस्य पार्वती बिशुन्केको पहलमा नयाँ आर्थिक बर्षदेखी सेते दमाईको सालिक बनाउनका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सेते दमाईको कान्छो छोरा सन्तबहादुर सोही गाउँकी राजकुमारी शाही सँग अन्तजातीय विवाह गरेको विषयलाई लिएर माईती पक्षको खुकुरी प्रहारबाट २०६८ भदौं १३ मा सेते दमाईको हत्या गरिएको थियो । सन्तबहादुरले राजकुमारीसँग २०६८ साउन २८ मा अन्तरजातीय विवाह गरेका थिए ।

नौ बर्षअघि छोराले अन्तजातीय विवाह गरेकै कारण सेतेको हत्या गरिएको थियो

तत्कालीन संविधान सभाको महिला, बालबालिका तथा समाज कल्याण समितिको ‘जातीय विभेद अध्ययन अनुगमन उपसमिति’ले घटनाको स्थलगत अनुगमन गरेपछि गरेको सिफारिसको आधारमा नेपाल सरकारले पीडित परिवारलाई १० लाख रुपैयाँ राहत दिएको थियो ।

हत्या घटनाका नौ जना दोषीमध्ये मुख्य योजनाकार बिन्दकला शाहीसमेत तीन जनालाई २०–२० वर्षको जेल सजाय भोगिरहेका छन् । तत्कालिन जिल्ला न्यायाधीश रामकृष्ण भट्टको एकल इजलासले २०६९ जेठ ३० गते गरेको फैसलामा दैलेखको हत्यामा मुख्य योजनाकार बिन्दकला शाही, हत्या घटनामा खुकुरी प्रहार गर्ने जीवन शाही र कृष्ण खत्रीलाई २०–२० वर्ष जेल सजाय फैसला भएको थियो ।

फैसला अनुसार हत्या भएको घटनास्थलमा प्रत्यक्ष पुगेका तर १६ ननाघेका नाबालक भएकाले उनीहरुलाई १०–१० वर्षमात्र बाल सुधार गृहमा पठाएकोमा ५० प्रतिशत कैद मिनाहा पाएर घर फर्किए सकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1,019 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागूऔषधसहित काठमाडौंबाट तीन जना पक्राउ