स्याङ्जा । एक महिना अगाडी भीरबाट लडेर मृत्यु भएका भनिएका व्याक्तिको हत्या भएको खुलासा भएको छ । पिकनिक खाएर फर्कदै गर्दा भीरबाट लडेर मृत्यु भएको भनिएका गल्याङ् नगरपालिका ४ का ३२ बर्षिय पदमप्रसाद पाण्डेयको हत्या भएको खुलेको हो ।
घट्नालगत्तै वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरीक्षक निरन्जन घिमिरेको नेतृत्वमा घट्नास्थल र संलग्नको अनुसन्धान थालेपछि दुईजनामा हत्याको आरोप लागेको थियो । प्रहरी निरीक्षक घिमिरेको लामो अनुसन्धानपछि हत्याको आरोप लागेका दुईजनालाई जिल्ला अदालत स्याङ्जाले पूर्पक्षका लागि जेल चलान गरेको छ । पाण्डेयको हत्याको आरोप लागका स्थानीय चन्द्रकान्त न्यौपाने र नाउदेउ न्यौपाने पूर्पक्षका लागि जेलचलान भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिए ।
गत जेठ २१ गते साथीहरु सँगै मिलेर खसी काटेर खाने गरी पिकनिक गएका पाण्डेय जेठ २२ गते मृत अवस्थामा फेला परेका थिए । पिकनिकमा संलग्नहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको थियो । अनुसन्धानबाट हत्यामा दुईजनाको संलग्नता रहेको प्रहरीको अनुसन्धानपछि न्यौपानेद्वयलाई जिल्ला अदालतले जेल चलान गरेको छ ।
पिकनिकमा मादकपदार्थ सेवन र पाण्डे सगँ न्यौपानेको लेनदेन रहेकाले झगडा शुरुभएपछि हात हालाहालको सिर्जना हुदा उनी घाइते भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घाईते भएका पाण्डे मृत अवस्थामा फेला परेका थिए । मृतक पाण्डेकी श्रीमतिले घटना रहस्मय रहेको र हत्या नै भएको भन्दै किटानी जाहेरी समेत दिएकी थिइन ।
गल्याङ सेतिबेणी ग्रामिण कच्ची सडक अन्तरगत पर्ने गल्याङ नगरपालिका–५ सपौदेको भीरमापाण्डेको मृत अवस्थामा फेला परेको थियो ।







