नेपाल एयरलाइन्सका ३ पाइलटसहित ९ उडान कर्मचारीमा कोरोना संक्रमण

काठमाडौँ । नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सका तीन पाइलटसहित नौ उडान कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका नौ सदस्यको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

सोमबार सात जनामा कोभिड सङ्क्रमण देखिएको थियो । चालक दलका अन्य सात जनाको पिसिआर परीक्षण गर्दा थप दुई जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उनले उल्लेख गरिन् । निगमका उडान कर्मचारी उद्धार उडानका क्रममा सोल्टी होटलमा क्वारेन्टिनमा बसेका थिए ।

निगमले अत्यावश्यक स्वास्थ्य सामग्री तथा स्वास्थ्य मापदण्डमा रहेर उडान सञ्चालन गरिरहेको थियो । निर्धारित उडान सकेर क्वारेन्टिनबाट घर पठाउने क्रममा पिसिआर परीक्षण गर्दा पाइलटसहित चालक दलका सदस्यलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो । निगम व्यवस्थापनले थप सतर्कता अपनाई पूर्वनिर्धारित उद्धार उडान यथावत् सञ्चालन हुने पनि जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बिवेकशीलले काठमाडौं महानगरकाे मेयर/उपमेयरमा दुबै महिला उम्मेदवार उठाउने