Thursday, December 3, 2020
Home भर्खरै घुसखोरका अभियुक्तले अख्तियारको हिरासत खचाखच

घुसखोरका अभियुक्तले अख्तियारको हिरासत खचाखच

लकडाउन अवधिमा २७ जना घुस अभियोगमा पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको कारबाहीमा लकडाउनको अवधिमा २७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । अख्तियारको कारबाहीमा रंगेहात पक्राउ परेकालाई राखिँदा अख्तियारको हिरासत भरिएको हो ।

१६ जना क्षमता भएको अख्तियारको हिरासत कक्षमा बुधबारसम्म १९ जना पुगेका छन् । रंगेहात पक्राउ गर्ने अख्तियारको काम निरन्तर चलिरहे पनि राख्ने ठाउँको अभाव देखिन थालेको छ । अख्तियारले लकडाउनको अवधिमा ३ हजार रुपैयाँ घुस खानेदेखि ८ लाख ५० हजार रुपैयाँ घुस लिनेसम्मलाई नियन्त्रणमा लिएको थियो । जसमध्ये केहीलाई अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।

रंगेहात पक्राउ परेर हाल हिरासतमा राखिएकामध्ये धेरै मालपोतका कर्मचारी र इन्जिनियर छन् । हिरासतमा रहेकालाई क्रमबद्ध रूपमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको अख्तियार स्रोतले जानकारी दियो ।

१६ जना क्षमता भएको अख्तियारको हिरासत कक्षमा बुधबारसम्म १९ जना पुगेका छन् । रंगेहात पक्राउ गर्ने अख्तियारको काम निरन्तर चलिरहे पनि राख्ने ठाउँको अभाव देखिन थालेको छ ।

अख्तियारको हिरासतमा रहेकामध्ये मालपोत कार्यालयका ६ जना र इन्जिनियर ५ जना छन् । बाँकी प्रहरी, स्थानीय प्रशासन, खानेपानी विभाग, सडक विभागका कर्मचारी, लेखापाल, लेखापढी व्यवसायी, कार्यालय सहयोगीलगायत छन् ।

त्यस्तै, अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्र, अनियमिततामा संलग्न १ सयभन्दा बढी फाइलको अध्ययन गरिरहेको स्रोतले जानकारी दियो ।

लकडाउन सुरु भएको दिन अख्तियारले रौतहटको यमुनामाई गाउँपालिका–३ का वडासदस्य रामविश्वास मुखिया र निरगुन पासवान (दुसाद)लाई १३ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । १९ वैशाखमा अख्तियारले कैलालीको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विर्खे धामीलाई ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो ।

२८ वैशाखमा अख्तियारको टोलीले नुवाकोट डिभिजन वन कार्यालयका प्रमुख डिभिजन अधिकृत जयमंगल प्रसादलाई १ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । उनले खानीसम्बन्धी कामका लागि विभिन्न बहाना बनाएर काम अवरोध गर्दै सेवाग्राहीसँग घुस मागेसँगै नियन्त्रणमा लिएको हो । अनुसन्धान पूरा गरेर अख्तियारले १८ जेठमा वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसादविरुद्ध ६ लाख बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा आइतबार विशेष अदालतमा दर्ता गरेको छ ।

आयोगले अभियोगपत्रमा प्रमुख प्रसादले ६ लाख रुपैयाँ घुस लिएर चुनढुंगा उत्खननको अनुमति दिन सहमति जनाएकाले यसमा उनको बदनियत मनसाय पुष्टि भएकाले सोहीअनुसारको बिगो मागदाबी गरेको जनाएको छ । उनले चुनढुंगा निकासी गर्न छोडपुर्जी दिने सर्तमा १ लाख तत्काल र ५ लाख रुपैयाँ काठमाडौंमा लिने सहमति जनाएका थिए ।

यो पनि पढ्नुहोस   नक्कली भ्याट बिल बनाएर ४१ करोड राजस्व छली

७ जेठमा अख्तियारले जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय मोरङका सिनियर डिभिजन इन्जिनियर आनन्दकुमार झालाई १० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । २१ जेठमा आयोगले ताप्लेजुङ डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जीवनकुमार यादव र कार्यालय सहायक वन अधिकृत वीरेन्द्रप्रसाद शाहलाई जनही १÷१ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।

२३ जेठमा सिन्धुलीको तिनपाटन गाउँपालिका–१० का जनकल्याण वैज्ञानिक वन व्यवस्थापन कोषाध्यक्ष मीनबहादुर घोलेसमेत दुई जनालाई ३ लाख ३० हजार ५ सय घुस रकमसहित नियन्त्रणमा लिएको थियो । २४ जेठमा पाल्पा, रैनादेवी गाउँपालिका–७ का वडाध्यक्ष देवेन्द्र पुन ३ लाख रुपैयाँ घुससहित अख्तियारले नियन्त्रणमा लिएको थियो ।

लकडाउन खुकुलो भएपछि सरकारी कार्यालय खुल्ने निर्णय गरेसँगै ३ असारमा भूमिसुधार तथा मालपोल कार्यालय डिल्लीबजार, काठमाडौंबाट ८ लाख ५० हजार घुस रकमसहित मालपोत अधिकृत रघुवंश कँडेल, नासु क्रमशः उद्वव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई नियन्त्रणमा लिएको थियो ।

११ असारमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमाल विक्रम विष्टले कार्यालयमा परेको मुद्दा सहजीकरण गरिदिने भन्दै मागेको ५० हजार रुपैयाँ घुससहित अख्तियारको फन्दामा परे । उनी मात्रै होइन, २३ असारमा जिल्ला सर्लाही, प्रहरी चौकी गौरीशंकरका प्रहरी सहायक निरीक्षक रामविश्वास राय यादव ५ हजार घुस रकमसहित पक्राउ परे । उनले भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई छुटाइदिने प्रयोजनका लागि घुस रकम मागेका थिए ।

यस्तै, १७ असारमा आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ल सबइन्जिनियर वीरेन्द्र चन्द, सबइन्जजिनियर रञ्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डेलाई २ लाख ४१ हजार १६ रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । उनीहरूले खोला तटबन्धन निर्माण कार्य सम्पन्न भएपश्चात् भुक्तानीमा सहजीकरण गरिदिने भनी घुस रकम मागेका थिए ।

(Visited 1,023 times, 1 visits today)
Loading comments...

आजको समाचार

अब भौतिक उपस्थितिमा पढाइ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ...

इलाम बजार २४ गतेसम्म बन्द

इलाम । इलामको इलाम नगरपालिकाका सम्पूर्ण सेवा शुक्रबारदेखि बन्द हुने भएको छ । पालिकामा निरन्तर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितहरुको संख्या बढ्दै गएकाले मंसिर...

२ प्रतिशत ब्याजमा ५० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

काठमाडौं । नवीनतम ज्ञान, सीप र क्षमता भएको आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई नवप्रवर्तनकारी उद्यम तथा व्यवसाय (स्टार्टअप) सञ्चालनका लागि सुरुवाती पुँजी उपलब्ध गराउन सरकारले...

विराज र विमलसहित ५८ खेलाडी प्रारम्भिक टोलीमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले टोली बाहिर रहेका कप्तान विराज महर्जन र फरवार्ड बिमल घर्तीमगरलाई टोलीमा समेट्दै ५८ सदस्यीय नेपाली राष्ट्रिय फुटबल...

ओलीले एक पद छाडनैपर्छ : देवेन्द्र पौडेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नै...

साताका लोकप्रिय समाचार

स्वास्थ्यकर्मी आन्दोलनमा, सरकार मौन

 काठमाडौं । स्वास्थ्य सम्वद्ध २३ संगठनहरु स्वास्थ्यकर्मीका माग सम्वोधन गर्न सरकार गम्भिर नभए निर्णायक आन्दोलनमा जाने चेतावनी दिएका छन् । अबको दुई सातामा माग...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च

जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर...

देसैभर एनटीसीको फोरजी विस्तार

काठमाडौं । मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ । मोबाइल सेवाको स्वाभाविक विशेषताअनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्था...

कैलालीमा मापदण्डविपरित क्रसर उद्योग सञ्चालन

कैलाली । कैलालीमा अधिकांस क्रसर उद्योगहरू मापदण्ड पुरा नगरिकनै सञ्चालन गरिएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जिल्लामा रहेका क्रसर उद्योगहरूले सरकारले परिमार्जन...

ट्रेन्डिङ

प्रदेश २ मा सिरहाबाहेक सबै जिल्लामा कोरोना संक्रमण पुष्टि

महोत्तरी । प्रदेश नं २ मा एकै दिन ६२ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको छ । पर्सामा ५७, महोत्तरी र धनुषामा दुई/दुई र बाराका...

किर्ते गरेको आरोपमा दुईजना पक्राउ

धनकुटा । धनकुटामा नागरिकता र राहदानी किर्ते गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–२ का ३० बर्षीय भीमराज...

मन्त्री नै बस रिजर्भ गर्दै मजदुर घर पठाउँदै

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले लकडाउनले भक्तपुर र ललितपुरमा अलपत्र परेका ४ सय मजदुरलाई उद्दार गरी घर पठाएका छन्...

निराजन र सृष्टिको रोमान्टिक ‘साँझ’

काठमाडौं । लकडाउन हुनुअघि अभिनेत्री सृष्टि श्रेष्ठ सौगात मल्लसँगै ‘तीन जन्तु’ फिल्मको सुटिङ गरिरहेकी थिइन् । लकडाउनले सुटिङ बीचैमा बिथोलेपछि सृष्टिको दैनिकी सामाजिक सञ्जालमा...

निरन्तर वर्षाले सप्तरीको एक दर्जन बस्ती जलमग्न

सप्तरी । बिहीबार बिहानैदेखि परेको निरन्तर वर्षाले कतै आवागमन अवरुद्ध बनाएको छ भने कतै घर घरमा पानी पसेर जनजिव कष्टकर बनाएको छ । ढल...

सुपथ मुल्य पसल : घ्युदेखी खसीसम्म छुटमा पाइन्छ

काठमाडौँ । सरकारले मुलुकभर दशैतिहार र छठ पर्वलाई लक्षित गरि सुपथ मुल्य पसल सञ्चालनमा गरेको छ । सरकारले चाड पर्वमा आम उपभोक्तालाई राहत दिन...

सुदूरपश्चिम प्रदेशले सलह मार्नेलार्ई किलोको २५ रुपैयाँ दिने

धनगढी । शनिबार बिहान बारा र सर्लाही जिल्लामा पहिलोपटक देखिएको सलह किराको फौज अरु जिल्लामा पनि फैलन थालेको छ । नेपालमा सलह किराको जोखिम...

बर्दियाका एक कोरोना संक्रमितको मृत्यु

बाँके । कोहलपुरमा उपचारका क्रममा आज एक कोरोना सङ्क्रमितकोे निधन भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला जनस्वास्थ्य...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

‘आयुर्वेदिक औषधीले कोरोना निको पार्छ, खोपमा अर्बौं खर्च गर्नुपर्दैन’

काठमाडौं । जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औषधिहरुमा लगानी गर्नु...

इलाममा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

इलाम । इलाम चोकबजारमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को पुत्ला दहन भएको छ । नेपाल बिद्यार्थी संघ इलामले...

विमानस्थलमा लागेको आगो नियन्त्रणमा

सिमकोट । सिमकोटस्थित विमानस्थलको कर्मचारी बस्ने क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजे लागेको आगो ३ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको...

धान काट्दा विवाद भएपछि छोराले गरे लाठिले हानेर बाबुको हत्या

काठमाडौं । आफ्नै ७० वर्षीय बुबालाई हत्या गरेको अभियोगमा ४० वर्षिय पुरुष पक्राउ परेका छन् । गाेरखाकाे सिरानचोक गाउँपालिका ८ धन्सार बस्ने तुलाराम ढकालको हत्या...

भर्खरै

कोरोना संक्रमणबाट ९७ बर्षीय बृद्धको निधन

लमजुङ । लमजुङमा कोरोना संक्रमणका कारणले बिहीबार ९७ बर्षीय एक बृद्धको कोरोना संक्रमणपछि निधन भएको छ । लमजुङ जिल्ला अस्पतालको आइसोलेसनमा उपचारको क्रममा उनको...

मुकेशको हत्यामा संलग्न २ पूर्पक्षका लागि जेल चलान

वीरगन्ज । पर्साको विन्दवासीनी गाउँपालिकाको नेपाल कम्युष्टि पार्टी (नेकपा) गाउँ कमिटिका सचिव मुकेश चौरसियाको हत्या आरोपमा पक्राउ परेका ५ अभियुक्त मध्ये २ जना पूर्पक्षका...

भारतीय कलाकार रजनीकान्तद्धारा नयाँ पार्टी खोल्ने घोषणा

मुम्बइ । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ...

भारतको गोवामा एक नेपालीको मृत्यु

गाेवा । गएकाे डिसेम्बरमा रोजगारीका सिलसिलामा भारत‍ गएका दाङ बबई गाउपालिका वाडा नं ४ सुन्दरखाल निवासी वर्ष ३४ का कविराज नेपालीको मृत्यु भएकाे छ...

धेरै पढिएका

असाधारण खेलाडी, विवादित जीवनशैली

ब्युनर्स आयर्स । होचो कद, मोटो शरीर, मात्र ५ फिट ५ इन्चको उचाइका म्यारोडोना कुनै सामान्य खेलाडी थिएनन् । म्यारोडोनासँग चतु¥याइँ, गति, तीक्ष्ण नजर,...

सरकारको सराहनीय र ऐतिहासिक कार्य

कोरोना महामारीको संक्रमणको दायरा फराकिलो हुँदै र संक्रमितको संख्या उकालो लाग्दै गर्दा सरकारले देशका विभिन्न भागमा ३ सय ९६ वटा अस्पतालहरूको शिलान्यास गरेर सराहानीय...

जम्काभेट : जो हात्ती चढेर घर पुग्थे

धुर्मैलाे शनिबार दिउँसो दुई बेज्दै छ । स्थान : महत गाउँ, लेले (ललितपुर) । एकनास लतमन्न तर हल्का नागबेली पक्की सकड परसम्मै फैलिएको छ । ‘बुबा, यहाँबाट...

गिनिजमा नेपालको म्युजिक भिडियोमार्फत नयाँ रेकर्ड

काठमाडौं । विभिन्न शीर्षकमा नेपालीहरूले नेपालबाटै गिनिज अफ वल्र्ड रेकर्ड बनाउनेक्रम बढेको छ । यसैक्रममा गीतसंगीतमा नेपालीहरूले फेरि अर्को गिनिज अफ वल्र्ड रेकर्ड बनाएका...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   ‘आयुर्वेदिक औषधीले कोरोना निको पार्छ, खोपमा अर्बौं खर्च गर्नुपर्दैन’

इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

(Visited 90 times, 1 visits today)