Friday, June 18, 2021
Home Breaking News अनलाइनको नाममा शुल्क असुल्दै विद्यालय

अनलाइनको नाममा शुल्क असुल्दै विद्यालय

,

काठमाडौंं । काठमाडौंस्थित सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित बूढानीलकण्ठ स्कुलले अनलाइन कक्षाको नाममा अभिभावकबाट शुल्क माग्दै आएको पाइएको छ । यद्यपि, सो विद्यालयलाई सरकारले वार्षिक ५ करोड रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

शिक्षा मन्त्रालय मातहत रहेका बूढानीलकण्ठ स्कुलले २०७६ चैतदेखि २०७७ असारसम्मको शुल्क अभिभावकबाट माग गरेको छ । एक अभिभावकले भने, ‘सरकारले चैत महिनाको शुल्क नलिनू भनेको छ । तर, स्कुलले चैत महिनाको समेत शुल्क माग्दै आएको छ । पहिले विलम्ब शुल्क लिने भनेर बिल आएको थियो, अहिले नलिने भनेर भनियो ।’
शिक्षा मन्त्रालयले भने अनलाइन कक्षाको नाममा शुल्क नउठाउन पटक पटक भन्दै आएको छ ।

बूढानीलकण्ठ स्कुलका प्रधानाध्यापक होमनाथ आचार्यले गुठीले सञ्चालन गरेका कारण अभिभावकबाट शिक्षकको तलब उठाउनुपरेको बताए । उनले भने, ‘यहाँ सरकारी दरबन्दी हुँदैन । वैशाखको सुरुबाटै अनलाइन कक्षा सुरु गरेकाले विद्यार्थीसँग शुल्क माग गरेका हौं ।’

हाल बूढानीलकण्ठ स्कुलमा १ हजार १ सय ५० विद्यार्थी छन् । जसमध्ये ७ सय ५० विद्यार्थीले शुल्क तिर्नुपर्ने हुन्छ ।
प्रधानाध्यापक आचार्यले अभिभावकसँगको सहमतिमा विद्यालयले बिल पठाएको भए पनि जबर्जस्ती रूपमा शुल्क माग नगरेको बताए ।

— एसइई नतिजा नआउँदै कक्षा ११ मा भर्ना प्रक्रिया सुरु
— शिक्षा मन्त्रालय समस्या सम्बोधनमा गम्भीर बनेन

यस्तै, सिफल सेकेन्डरी स्कुलले विद्यार्थीलाई शुल्क माग गर्दै मानसिक तनाव दिएको अभिभावकले गुनासो गरेका छन् । अभिभावक विपिन उपाध्यायले भने, ‘मेरो बच्चालाई फि नतिरेको बहानामा केही दिन अनलाइन क्लासबाट हटाइयो । बच्चालाई मानसिक तनाव दिने काम भयो ।’

सिफल सेकेन्डरी स्कुलका प्राधानाध्यापक विजय श्रेष्ठले भने अभिभावकको सहमतिबाट शुल्क माग गरिएको बताए । उनले भने, ‘विद्यालय सञ्चालन गर्न अप्ठेरो छ । केही अभिभावकलाई छुट दिनका लागि निवेदन दिन पनि भनेका छौं । विद्यार्थीलाई तनाव दिएका छैनौं ।’

देशभर रहेका सरकारी तथा निजी विद्यालयले अनलाइन कक्षाको नाममा अभिभावकबाट मनपरी शुल्क असुले पनि सरकारले प्रभावकारी अनुगमन गरेको छैन ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ विपरीत हुने क्रियाकलाप नगर्न नगराउनसमेत अनुरोध गरे । १ असार २०७७ देखि सिकाइ सहजीकरणका कार्यक्रम कार्यान्वयन गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार देशभर ६ हजार ६ सय ८७ निजी विद्यालय छन् । जसमा २२ लाख विद्यार्थी अध्ययनरत छन् । तथ्यांकअनुसार झन्डै दुई लाख ५० हजार शिक्षक तथा कर्मचारीलाई निजी विद्यालयले रोजगारी दिएको छ । शिक्षा मन्त्रालयले निजी विद्यालयको समस्या समाधानका लागि कुनै पनि कार्यक्रम ल्याएको छैन ।

यस्तै, केही विद्यालयले कलेजको नाम दिँदै माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित नहुँदा कक्षा ११ को लागि भर्ना तयारी गरेका छन् । प्रि–अनलाइन रजिस्ट्रेसन सुरु भइसकेको ती विद्यालयले बताएका छन् ।

(Visited 237 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

  इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना...

२७६८ जनामा काेराेना संक्रमण पुष्टि, ४४ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३...

साताका लोकप्रिय समाचार

प्रेमपूर्वक व्यवहारले महामारी जित्छौं

ओशो अर्थात् रजनिशले भनेका छन्, ‘यदि तपाई प्रेममा हुनुहुन्छ भने, प्रेममै रहनुहोस् । किनभने,् तपाई एक महान् जिन्दगी बाँचिरहनुभएको छ । प्रेमले नै जिन्दगीलाई...

एकैपटक २१ जनाले कोरोना जितेपछि गाउँमा खुसियाली

  जुम्ला । एकैपटक गाउँका २१ जनाले कोरोना जितेर घर फर्किएपछि जुम्लाको तातोपानी ६ रावतबाडा गाउँमा खुसियाली छाएको छ । कोरोना संक्रमण फैलँदा गाउँमा निराशा...

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

अनेसास नवरत्न पुरस्कार नौ जना नारीलाई

काठमाडौं । बिगत झैं यो वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र...

किन गिजोलियो सविता भण्डारी ‘हत्या’ प्रकरण

  काठमाडौं । दुई साताअघि मृत भेटिएकी सविता भण्डारीको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा किटानी जाहेरी दिए । २८ वर्षिया सविताको मृत्यु सम्बन्धी मुद्दा...

ट्रेन्डिङ

लोकसेवामा विज्ञ र कर्मचारीको गलत धन्दा मौलायो

काठमाडौं । मुलुककै सबैभन्दा निष्पक्ष निकायका रूपमा पहिचान बनाउँदै आएको लोकसेवा आयोग पछिल्ला दिनमा विवादमा पर्न थालेको छ । आयोगको रोस्टरमा रहेका केही विज्ञ...

खाडी मुलुकको रोजगारी कटौतीले नेपाली अर्थतन्त्रमै धक्का

काठमाडौं । अन्तर्र्रािष्ट्रय श्रम संगठन (आईएलओ)ले विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमण (कोभिड–१९)का कारण खाडी मुलुकमा मात्रै ५० लाख जनाको रोजगारी संकटमा पर्ने बताएको छ...

फिक्सन : साथीकी श्रीमती

भाेटाहिटीबाट असन चोकतिर नियाल्दै थिएँ, कसैले ढाडमा ‘ढ्याम्म’ हान्यो । झोक्किएर फर्किएँ, तुले पो रहेछ । उसको पछिल्तिरबाट एकासी हान्ने बानी अझै गएको रहेनछ...

काेराेना संक्रमणबाट ६८ जनाकाे मृत्यु, ५,२८५ मा संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लाे  २४ घण्टामा ६८ जनाको मृत्यु भएको छ । देशभर गरिएकाे परिक्षणमा ५ हजार २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।...

केभीएस क्वार्टरमा

काठमाडौं । काठमाडौं विनायक शिक्षालय (केभीएस) चौथो प्याब्सक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ । निजी तथा...

११ दिनपछि खुल्याे बेनी बजार

म्याग्दी ।   कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न यही कात्तिक १४ गतेदेखि बन्द म्याग्दीको सदरमुकाम बेनीको बजार र सेवा ११ दिनपछि खुलेको छ । लक्षणसहितका...

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

दाउन्नेको बाँस खोलामा बस खस्यो, चारको मृत्यु, ४९ घाइते

काठमाडौं । पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा आज विहान बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत...

भारतमा एकै दिनमा २९ हजार ३९८ जना सङ्क्रमित

नयाँदिल्ली । भारतमा बिहीबार एक दिन थप २९ हजार ३९८ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोरोना भाइरस सङ्क्रमितको संख्या ९७ लाख ९६ हजार...

घुस लिएको अभियोगमा वन उपभोक्ता समितिका अध्यक्ष पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ८० हजार घुस लिएको अभियोगमा सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको छ ।...

डडेल्धुरामा २ सय ६९ जना कोरोना जितेर घर फर्किए

डडेल्धुरा । डडेल्धुरामा रहेका २ सय ७७ जना कोरोना संक्रमित मध्ये २६९ जना घर फर्किएका छन् । जिल्लाका ७ वटै स्थानियतहमा रहेका आईसोलसन वार्डहरुबाट...

जिल्ला समन्वय समितिको भूमिकालाई प्रभावकारी बनाउने उपाय

१. पृष्ठभूमि:  नेपालको संविधानमा तीन तहका सरकारका अतिरिक्त जिल्ला सभा तथा समन्वय समितिसमेतको व्यवस्था गरिएको छ । संविधानको धारा २२० मा तथा स्थानीय सरकार सञ्चालन...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)