काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले युथ लिग (यु–१४ र यु–१८) का लागि काठमाडौं उपत्यकाका १३ विद्यालयसँग बुधबार छलफल गरेका छन् ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फाअन्तर्गतको युथ डेभलपमेन्ट कमिटीका संयोजक तथा एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंह र हेड अफ इलाइट युथका नवीन महर्जनले ‘ए’ डिभिजन क्लबको सहकार्यमा युथ लिग आयोजना गर्न स्कुललाई योजना र प्रस्ताव प्रस्तुत गरेका थिए ।
एन्फा र विद्यालयले लिगको मोडलर ढाँचाको ’boutका छलफलसमेत गरेका छन् । एन्फाले छिट्टै युथ लिग आयोजना गर्ने मिति सार्वजनिक गर्ने बताएको छ । युथ लिगमा यू–१४ र यू–१८ मा प्रतिस्पर्धा हुनेछ ।
छलफमा लिटिल एन्जल्र्स स्कुल (एलए), बूढानीलकण्ठ स्कुल, जेम्स, ज्ञानोदय बालबाटिका, नेपाल पुलिस स्कुल, सैनिक आवासीय महाविद्यालय, नेपाल एपीएफ स्कुल, ल्याबोरोटरी स्कुल, मोर्डन इन्डियन स्कुल (एमआई), सेन्ट जेभियर स्कुल, एसओएस, मल्पी र शुभतारा स्कुलका प्रतिनिधिको सहभागिता रहेको थियो ।






