भ्रष्टचार गरेर भागेका दुई जना पक्राउ

सांकेतिक तस्वीर

संखुवासभा । प्रहरीले विभिन्न स्थानबाट भ्रष्टचार मुद्दाका दुई सहित चार जनालाई पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा फरार भएकी एक महिलालाई ५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चैनपुर नगरपालिका–२ की सोमालामु शेर्पा रहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी नवराज मल्लले जानकारी दिए । शेर्पालाई चैनपुर–२ बाट पक्राउ गरिएको हो । कर्तव्य ज्यान मुद्दाकी शेर्पालाई जिल्ला अदालत चैनपुरले २०७२ असार २९ गते ६ महिना कैदको फैसला सुनाएको थियो । शेर्पालाई बुधबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भ्रष्टचार मुद्दामा फरार भएका चैनपुर नगरपालिका–१ का दुई जनालाई ८ बर्ष पछि पक्राउ गरेको डिएस्पी मल्लले बताए । विशेष अदालत काठमाण्डौले २०७५ असार १९ गते पुन्य भन्ने पुने प्रसाद लिम्बु र लोक बहादुर लिम्बुलाई भ्रष्टचार मुद्दामा जनही १२ लाख आठ सय र तिन तिन महिना कैदको फैसला गरेको थियो । लोक बहादुर लिम्बुलाई भने जिल्ला अदालतले छाड्ने अनुमति दिएको छ । भने पुन्य भन्ने पुने प्रसाद लिम्बुलाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेर २ बर्ष देखि फरार भएका चैनपुर नगरपालिका –८ का २८ वर्षीय गणेश खत्रीलाई असार २३ गते पक्राउ गरेको थियो । जिल्ला अदालत चैनपुरले खत्रीलाई जबरजस्ती करणी उद्योग मुद्दामा २०७५ असोज १७ गते २ बर्ष ६ महिना कैद सजायको फैसला गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ