पोखरामा पहिरोमा परी ७ जनाको मृत्यु, १२ घाइते

पोखरा । अविरल वर्षासँगै आएको पहिरोले पोखराका विभिन्न ठाउँमा गरी ७ जनाको मृत्यु भएको छ । पोखरा १८, सराङ्कोटस्थित गोठादीमा ५, पोखरा–२५ हेजामा १ र पोखरा–२६ पैँतेडाँडामा १ जना गरी ७ जनाको मृत्यु भएको हो । यस्तै १२ जना घाइते भएको प्रहरीले जनायो ।

गएराति गोठादीका टंकबहादुर थापाको घर पहिरोमा पर्दा उनीसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

राति साढे २ बजे घरमाथिबाट पहिरो आई घर पुरिँदा ५० वर्षका टंकबहादुर सहित उनकी ४५ वर्षीया श्रीमती सोममाया, ११ वर्षीया नातिनी इशिका थापामगर, टंकको दाइको नाति ६ वर्षीय सुवान थापा र टंकको साली सरस्वती श्रेष्ठका छोरा ८ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको हो । पहिरोमा परी टंकको छोरी २२ वर्षीया पिंकी थापा, १८ वर्षीया छोरी आशा थापामगर घाइते छन् ।

यस्तै, पिंकीको ५ वर्षीया छोरी पीरिशा थापामगर, सोममायाकी बहिनी २८ वर्षीया सरस्वती श्रेष्ठ, सरस्वतीको १० वर्षीय छोरा सन्देश, छिमेकीमध्ये १९ वर्षीय अनिश तामाङ, १९ वर्षीय रशि थापा, १९ वर्षीया रश्मी थापामगर घाइते छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ ।

गएराति टंकबहादुरको छोरी पिंकीको जन्मदिन मनाउने सिलसिलामा छिमेकी तथा आफन्त पनि भेला भएका थिए । जसका कारण परिवारका सदस्यसहित छिमेकी पनि पहिरोको चपेटामा परेका हुन् । सडक विस्तार क्रममा खनिएको नालीको उचित व्यवस्थापन हुन नसक्दा अविरल वर्षासहित आएको पहिराले टंकबहादुरको घर बगाएको हो ।

उता, पोखरा २५, हेमजामा ७० वर्षीया हिमकला अधिकारीको मृत्यु भएको छ । साढे २ बजे घर पछाडिबाट आएको पहिरोले घरको गारो भत्किँदा च्यापिएर अधिकारीको मृत्यु भएको हो ।

यस्तै, पोखरा २६, पैतेडाँडाका ३५ वर्षीय दुर्गाबहादुर सुनारको घर पहिरोले बगाउँदा उनको मृत्यु भएको डाँडाकोनाक प्रहरी चौकीका इञ्चार्ज डीएसपी अर्जुन रानाभाटले जानकारी दिए । पोखरा २७ दीपाङ तालका ६० वर्षीय केशवबहादुर सुनारको घरको डिल भत्किँदा उनी घाइते भएका छन् ।

पोखरा छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घरमाथिबाट खसेको पहिरोले उनीसहित श्रीमती शान्ति र छोरा सुशान घाइते भएका छन् । घाइतेको नमस्ते अस्पताल, बिरौटामा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 375 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनकौलमा कांग्रेसको खाता खुल्यो, अध्यक्षमा साह उपाध्यक्षमा सहनी बिजयी