बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार क्षेत्रमा नै बाढी पस्न थालेपछि स्थानीय सरकार र प्रशासनले सुरक्षित स्थानमा गएर बस्न सबैलाई आग्रह गरेको छ ।

भोटेकोशी गाउँपालिकाको लार्चा तातोपानी क्षेत्रमा भोटेकोशी नदी कटान र माथिबाट निरन्तर पहिरो जान थालेपछि त्यहाँका स्थानीय थातथलो छाडेर लार्चामा रहेको सुख्खा बन्दरगाहामा गएर बसेका छन् । सुख्खा बन्दरगाहामा १ सय ५० बढी स्थानीयलाई राखिएको भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिइन् ।

बाह्रविसे नगरपालिकाको खोर्सानीबारी क्षेत्रमा सडक कटान गरेर बस्तीमा भेल पस्न सुरु गरेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा लगेर राख्न सुरु गरीएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । ‘हिजो अस्ती सडक भएको स्थानमा अहिले भोटेकोशी नदी बग्न सुरु भएको छ, बजारमै नदी पस्न थालेपछि हामीले सुरक्षित स्थानमा लगेर राख्न सुरु गरेका छौं’, मेयर शेर्पाले भने ।

नदी छेउमा नै रहेको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरीहरु पनि आफ्नो झिटीगुण्टा बोकेर अन्यत्र नै सरेका छन् । प्रहरी कार्यालयको शौचालय समेत नदीले बगाएपछि,प्रहरी कार्यालय अन्यत्र नै सारीएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्लास्थित सुरक्षा निकायका अधिकारीहरु र बाह्रविसे नगरपालिकाका जनप्रतिनिधि भएको छलफल पछि नदी छेउका स्थानीयलाई सुरक्षित रुपमा राख्नका लागि विपद व्यवस्थापन समितिबाट टेण्टलगायत अन्य सामग्रीहरुको व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 339 times, 1 visits today)

epaper

ताजा समाचार

दक्षिण कोरियाका विदेशमन्त्री चो र परराष्ट्रमन्त्री शिशिर खनालबिच भेटवार्ता