कोरोनाको जोखिम कम नहुँदै सप्तरीमा थपियो बाढीको जोखिम

सप्तरी, राजविराज । कोरोनाको जोखीम कम नहुँदै सप्तरीमा बाढीको जोखिम थपिएको छ । दुई दिनदेखी परेको निरन्तर वर्षाले सप्तकोशीको बाढी पसेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढाका ७५ परिवार बिस्थापित भएका छन् ।

चारैतिर कोशी नदीले घेरिएको सो गाउँमा बाढी पसेपछि घर डुवानमा परेका ७५ परिवारलाई प्रहरीको सहयोगमा उद्धार गरि उच्च स्थानमा रहेको राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा पु¥याइएको छ ।

टप्पु गाउँको नामले चिनिएको गोबरगाढामा पुग्ने मार्गहरु डुवानमा परेपछि डुङ्गामा राखेर उनीहरुलाई सुरक्षित स्थानतर्फ पु¥याउने काम गरिएको वडा अध्यक्ष बिन्देश्वर यादवले जानकारी दिएका छन् ।

सप्तकोशीमा निरन्तर पानीको बहाव बढ्दै गएकाले मानविय क्षति हुन नदिन राहत तथा उद्धार कार्यका लागि त्यसतर्फ ठूलो संख्यामा आवश्यक सामाग्रिसहित सुरक्षाकर्मी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

वडा अध्यक्ष यादवले पानीको बहाव निरन्तर बढ्दै गएकाले थप परिवारलाई पनि प्रहरीको सहयोग लिएर डुङ्गामा राखी सुरक्षित स्थानतर्फ लाने तयारी भइरहेको बताए ।

जेनतेन सुरक्षित ठाउँमा आएकाहरु पशुचौपाया पनि जोगाईदिने आग्रह गरिरहेको उनले सुनाए । वर्षा जारि रहेकाले सप्तकोशी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरिरहेको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए ।

निरन्तरको वर्षासँगै सप्तरी र सुनसरीको सीमामा पर्ने सप्तकोशी नदीमा पानीको बहाव उच्च बन्दै गएको छ । शनिबार दिउँसो ३ बजेको मापन अनुसार पानीको बहाव २ लाख ७६ हजार ५ सय ५५ क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । जसकारण आसपासका बासिन्दालाई सचेत गराउन खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ भने कोशी ब्यारेजका ५६ मध्ये ४० ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै निरन्तरको वर्षाले तिलाठी कोइलाडी गाउँपालिकका झण्डै १ सय ३० विगहा जग्गामा लगाइएको धान खेती बगरमा परिणत भएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 258 times, 1 visits today)

epaper

ताजा समाचार

नेदरल्यान्डलाई जापानले २–२ को बराबरीमा राक्यो