यातायात नचलेपछि युवा संघले यसरी पुर्‍याए सिन्धुपाल्चोकमा राहत (फोटो फिचर)

सिन्धुपाल्चोक । वर्षाले सडक कटान गरेर यातायातका साधनहरु सञ्चालन नभएपनि बाढीपहिरोबाट विस्थापितहरुलाई नेकपा निकट युवा संघ सिन्धुपाल्चोकले खाद्यनलगायत आवश्यक राहत सामग्री बोकेरै विस्थापितहरु माझ पुगेका छन् । युवा संघ सिन्धुपाल्चोकका अध्यक्ष नेतृत्वमा ५० बढी युवाहरुले सिरक, डस्ना लगायत अन्य राहातका सामग्रीहरु बाढीपहिरोबाट विस्थापितहरु माझ पु-याएपनि विस्थापितहरु खुसी भएका छन् ।

 

अविरल वर्षापछि आएको बाढीपहिरोले बाह्रविसे नगरपालिका ५ खागदाल,जम्बु लगायतका बस्तीहरु सखाप भएपछि त्यस क्षेत्रका सयौं स्थानीय विस्थापित भएर कष्टसँग दैनिकी चलाउदै आएका थिए । यातयातका साधनहरु सञ्चालन नहुँदा विस्थापितहरुलाई आवश्यक सामग्री लैजान कठिन भएपछि युवासंघका कार्यकर्ताहरुले संकलन गरेको राहात सामग्री लिएर युवाहरु नै विस्थापित माझ पुगेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

बाढीपहिरोबाट बाह्रविसे नगरपालिक क्षेत्रमा ठुलोजनधनको क्षती भएपछि युवा संघ सिन्धुपाल्चोकले बाह्रविसे नगरपालिकाको विपद कोषमा २ लाख सहयोग समेत गरेको युवा संघ सिन्धुपाल्चोकका संयोजक रुपेन्द्र आचार्यले जानकारी दिए । बाढीपहिरोले समस्या भएपछि संगठीत रुपमा बाह्रविसे नगरपालिकालाई पहिलो पटक युवा संघले यसरी नगदसहित अन्य आवश्यक सामग्रीहरु सहयोग गरेको मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

भोटेकोशी नदीले कटान गरेको अरनिको राजमार्गको ड्याम सडक खण्ड खुलाउन पनि युवा संघ खटिएको मेयर शेर्पाले जानकारी दिए । ‘राजनीतिक क्षेत्रमा मात्रै होइन युवासंघका कार्यकर्ताहरु यस्तो विपत्तको समयमा पनि स्थानीयलाई सहयोग गर्न खटिएका छन् । यो एकदमै राम्रो अभियान हो’, नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा सुवोधले भने ।

नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले मात्रै विस्थापितहरुलाई खाद्यनलगायत अन्य सामग्री लैजान समस्या भएपछि युवासंघका सिन्धुपाल्चोकले पनि यो अभियानमा सहयोग गरेको संयोजक आचार्यले जानकारी दिए । युवा संघका ६० जना युवाहरु विस्थापितहरुलाई राहत लैजाने कार्यमा खटिएको र सडक सुचारु नहुँदासम्म अभियान निरन्तर हुने युवा संघ सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर १ का इञ्चार्ज सुरेन विक्रम योञ्जनले जानकारी दिए । ‘सेना, प्रहरीहरु निरन्तर खटिरहनु भएको छ, उहाँहरुबाट मात्रै ढिला भएपछि हामी पनि विस्थापितहरुलाई राहात लैजान खटिएका हौं’, इञ्चार्ज योञ्जनले भने । युवा संघका नेता कार्यकर्ताहरु बाढीपहिरो गएदेखि नै उद्धार र राहतको काममा खटिएको उनले जानकारी दिए ।

जिल्लाभर बाढी पहिरोले जनधनको क्षति भएपछि आफुहरुले युवासंघका सबै साथीहरुसँग रकम संकलन गरेर पीडितहरु माझ पुगेको युवा संघ क्षेत्र नम्बर २ का संयोजक सौगात कर्माचार्यले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण