काठमाडौं । १४ वर्षअघि एक दम्पत्तिको विभत्स हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्लाही घर भएका जेके भनिने जयकिशोर शाहलाई भारतबाट पक्राउ गरेको हो ।
काठामाडौ सितापाईलामा रहेको कान्तिपुर मिलका सञ्चालक मोरङ डाँगीहाट–८ घर भएका नातीकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीलाई धारिलो हतियार प्रहार गरी २० पुस २०६३ मा हत्या गरिएको थियो । सुवेदीकी छोरा विलव सुवेदी पनि घाइते भएका थिए ।
काम बिगारेपछि गाली गरेको भन्दै जयकिशोर र बाँकेका प्रताप रानाले दम्पत्तिको हत्या गरेको त्यसवेलै खुलेको थियो । घटनालगत्तै उनीहरु फरार भए ।
भारतमा लुक्दै आएका शाहले भने जय शर्माको नामबाट भारतीय आधारकार्ड लिएर पहिचान बदले। बस्दै आएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 491 times, 1 visits today)






