Saturday, August 8, 2020
Home प्रमुख हाम्रा पाखोमा घाँस काट्ता लय गुन्जन्छ : प्रधानमन्त्री ओली

हाम्रा पाखोमा घाँस काट्ता लय गुन्जन्छ : प्रधानमन्त्री ओली

काठमाडाै‌ं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत्खण्डको भूगोल र संस्कृति व्यापक भएको बताएका छन् । मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्तीका अवसरमा आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा उनले हिमवत्खण्ड नै ज्ञानको स्रोत रहेको पनि बताए ।

उनले नेपालीका आदिकवि भानुभक्त आचार्यले रामायणमा नेपाली लोकभाषाको प्रयोग गरी त्यसका माध्यमबाट मानिसलाई जोड्दै राष्ट्रियतालाई बलियो बनाएको बताए । प्रधानमन्त्रीले अर्काे प्रसङ्गमा अनुकूल प्राकृतिक वातावरणका कारण दोहोरी नेपालमा मात्र सम्भव भएको बताए । ‘अयोध्या हाम्रो वीरगञ्ज शहरदेखि नजीकै छ, त्यतिबेला जनकपुरबाट नेपाली छोरी सीताको विवाह अयोध्याका राजकुमार रामसँंग हुनु अनौठो होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘निःसन्तान राजा दशरथले पुत्रेष्टि यज्ञ नेपालकै रिडीमा गरेकाले राम पनि नेपाली जस्ता लाग्छन् ।’

उनले मिथिलाको जनकपुर ज्ञान केन्द्र रहेको र त्यतिबेला विद्वान्विदुषीबीच विमर्श गर्ने परम्परा रहेको उल्लेख गर्दै नारायणीको सुरम्य किनारमा बाल्मीकिको आश्रम हुनु, कोशी तटमा कौशिकी रहनु, आयुर्वेदका प्रणेता धन्वन्तरि र चरक यतैका हुनाले हिमवत्खण्ड नै ज्ञानभूमि तपोभूमि हो भन्ने बुझिन्छ भने  “हिमवत्खण्डमा सूक्ष्म जीव र गँड्यौलादेखि हात्ती र एकसिंगे गैंडाजस्ता भीमकाय जीव पनि छन्, जमीनमा खोस्रेर निकाल्नुपर्ने यार्सागुम्बादेखि अग्लाअग्ला देवदारु वृक्षसम्म छन्, चट्टानैचट्टानबाट झर्नाहरू निस्केका छन् र तिनमा छन्द छ, लय छ । यहाँ रोदी हुन्छ, र दोहोरी नेपालजस्तो प्राकृतिक सौन्दर्यले घनीभूत भूमिमा मात्र सम्भव हुन्छ । हाम्रा पाखोमा घाँस काट्ता लय गुन्जन्छ र त्यो लय नै हाम्रो काव्यलाई जीवित गराउने महत्वपूर्ण तत्व बनेको छ । त्यो गद्यजस्तो बिर्सिइँदैन, युगौंँयुगसंँग कण्ठमा रहन्छ”, प्रधानमन्त्रीले आफूले बाल्यकालमा पढेका एक दुई कविता कण्ठाग्र सुनाउँदै छन्द र लयको महत्वमाथि जोड दिँदै भने, “त्यसैले भानुभक्तीय रामायण सम्भवतः सबैभन्दा बढी पढिएको काव्य हुनुपर्छ ।”

संस्थाहरू अनन्त ज्वाला जस्तो ननिभ्ने वा स्वचालित घडी झैंँ चलायमान भइरहनुपर्नेमा दाउरा ठोसे मात्र हुरुक्क बल्ने नत्र धिपधिप गर्ने आगोझैंँ भएको अनुभव सुनाउँदै ओलीले भने “कुनै कुनै घडी चलाउन शरीर हल्लाउनुपर्ने हुन्छ ।”
अर्काे प्रसङ्गमा उनले सत्य ब्रह्मझैं बलवान् हुने कुरा बताए । संसद्मा आफूले केहीअघि मात्र बोलेको प्रसङ्ग निकाल्दै प्रधानमन्त्री ओलीले भने, सत्यमेव जयते हाम्रै पुर्खाको ध्वनि हो । यो हाम्रै हो । सत्यका पछाडि लाग्न छाड्न मिल्दैन ।’ कार्यक्रममा प्रधानमन्त्री ओलीले दुई वर्षअघि चन्द्रागिरिमा सम्पन्न ‘हिमवत्खण्ड कलासाहित्य सम्मिलन– २०७५’ को स्मारिकाको विमोचनसमेत गर्नुभएको थियो ।

सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली वाङ्मयले साहित्य र कलाको महत्वलाई राम्ररी बुझ्ने प्रधानमन्त्रीको नेतृत्व पाएको बताए । प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले आप्रवासी नेपालीको साहित्यिक संस्थाका प्रतिनिधिसँग प्रतिष्ठानले सहकार्य गर्न चाहेको उल्लेख गर्दै भानुभक्तको घर चुँदी रम्घा, ससुराली मानुङ र मावली भोर्लेटार समेटेर काठमाडौंँको बालाजु र भारतको बनारससम्म भानु परिपथ बनाउने योजनाको प्रस्ताव अघि सार्दै यसमा सरकारको सहयोग तथा समर्थनका लागि अनुरोध गरे ।

आयोजक संस्थाका अध्यक्ष तथा संघीय सांसद डा विजय सुब्बाले राष्ट्रियताका पक्षमा र यस समयको सत्य बोलेवापत चारैतिरबाट प्रधानमन्त्री ओलीलाई नियोजित प्रहार भइरहेका बेलामा कलाकार एवं साहित्यकारले सत्यका पक्षमा आवाज उठाउन नसकेको स्वीकार्नुभयो । डा सुब्बाले नेपालमा हिमवत्खण्डको साङ्गीतिक महासम्मिलन गर्ने प्रस्ताव राख्दा सभाले समर्थनमा तालीले समर्थन गरेको थियो ।

समारोहमा गायिका लोचन भट्टराई, सांसद तथा गायिका कोमल वली र कवि डा रत्नावली शर्माले रामायणका सुन्दरकाण्ड र अरण्यकाण्डका केही अंश वाचन गर्नुभएको थियो । प्रतिष्ठानका महासचिव तथा प्राज्ञ डा देवी नेपालले भानुभक्त विश्वभरका नेपाली जातिका प्रतीक बनेको बताए । रासस

(Visited 63 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

क्वारेन्टिनमा बस्दै आएकी युवतीले गरिन् आत्महत्या

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको...

कोरोना संक्रमितका दुःख : अस्पताल जाउँ ठाउँ छैन, घरमै बसौं गाउँलेले हेप्छन्

इटहरी । प्रशासनले बेवास्ता गरेकाले इटहरीका कोरोना संक्रमित घरमै बसेका छन् । मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट...

काठमाडौंमा १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९२ जनामा संक्रमण...

कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु...

भर्खरै

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक...

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

धेरै पढिएका

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक...

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

ई-पेपर

(Visited 45 times, 1 visits today)