दाङमा सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना, नवजात शिशुसहित ११ जना घाइते

तुलसीपुर । सुत्केरी बोकेको एम्बुलेन्स पश्चिम दाङमा दुर्घटना हुँदा एक दिनको नवजात शिशु सहित ११ जना घाइते भएका छन् । सुत्केरी लिएर नेपालगंजबाट पश्चिम दाङको हंसपुर जाँदै गरेको भे१च १५९९ नम्बरको एम्बुलेन्स तुलसीपुर हापुरे –सुर्खेत सडक खण्डको कुमालगडीमा दुर्घटना हुँदा उनिहरु घाइते भएका हुन् ।

घाइते हुनेमा बबई गाउँपालिका–३ हंसपुर निबासी एक दिनकी सुत्केरी १८ बर्षकी लक्ष्मी विश्वकर्मा र उनको नवजात शिशु, त्यसैगरी सोही ठाउँ निबासी २३ बर्षकी शुष्मा विक, उनको १ बर्षकी छोरी रोशनी विक, २४ बर्षका खिमबहादुर विश्वकर्मा, उनकी दुई बर्षकी छोरी सृष्टी विश्वकर्मा, २५ बर्षकी गिता विक, उनको २ बर्षका छोरा मिलन विक, बाँकेको कोहलपुर नगरपालिका–८ मनिकापुर निबासी २६ बर्षकी नन्जिता विक र उनका ३ बर्षका छोरा संगम विक र चालक राप्ती सोनारी गाउँपालिका–४ बैजापुर निबासी २७ बर्षका हिमबहादुर जैसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिब बहादुर सिंहले जानकारी दिए । कुमालगडीको घुम्तीमा एम्बुलेन्सको स्टेरीङ फेल हुँदा दुर्घटना भएको प्रहरीले बताएको छ । घटना साँझ सात बजे भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

२६ जेष्ठ २०८३