बाह्रबिसे । वर्षा सँगै आएको पहिरोले सिन्धुपाल्चोकको सीमावर्ती भोटेकोशी गाउँपालिका वडा नम्बर ४ मा दुई घर पुरेको छ । पहिरोले एकै घरका पाँच जना पुरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेले जानकारी दिए ।
राती २ बजे आएको पहिरोले भोटेकोशी ४ फुल्पीङको दुीइ घर पुरेको वडा अध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिए । पहिरोले ८४ वर्षीया सोमबुट्टी शेर्पा,१६ की याङजी शेर्पा १२ का छिरीङ शेर्पा,४८ का सोमसाङ शेर्पा र साङबु शेर्पालाई पुरेको वडा अध्यक्ष शेर्पाले जानकारी दिए । पुरिएका मध्ये साङबु शेर्पालाई मृत भेटीएको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलमा स्थानीयसले उद्धार सुरु गरेका छन् भने सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा पुग्दै गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । पहिरोले त्यहाँको एक विद्यालयमा समेत क्षति पु-याएको छ ।






