दुर्घटनामा मोटरसाइकलमा सवार सात जनाको मृत्यु

काठमाडौं । मुलुकका विभिन्न भागमा भएका पछिल्ला सवारी दुर्घटनामा मोटरसाइकलमा सवार सात जनाको मृत्यु भएको छ भने आधा दर्जन बढी घाइते भएका छन् ।


विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई विद्यार्थीको शनिबार मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ गइरहेको को१ख ७३०९ टिपरले सोही दिशातर्फ गइरहेको उनीहरू सवार प्र२–०१–००१प १६०८ नम्बरको मोटरसाइकललाई महानगर स्वागतद्वारमा ठक्कर दिएको थियो ।


मृत्यु हुनेमा सप्तरी पतरा निवासी २२ वर्षीय हरेराम साह र सिरहा सुखीपुरका १९ वर्षीय ओजिर रायन छन् । घटनामा सप्तरीको रुपनी निवासी २० वर्षीय धनराज यादव घाइते रहेका छन् । उनीहरू सबै एउटै मोटरसाइकलमा सवार थिए । ओभरटेकका क्रममा ठक्कर खाँदा सो दुर्घटना भएको हो । उनीहरू गोल्डक पार्क कलेजमा ओभरसिरयरमा अध्ययनरत थिए ।

काठमाडौं महानगरपालिका १५ भगवानपाउस्थित सडकमा बा३ख ५१३४ नम्बरको ट्याङ्रले प्रदेश नम्बर ३ ०२–००४ प ११५१ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक साइरस गिरीको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–३ घर भएका २१ वर्षीय गिरीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार काभ्रे भुम्लु गाउँपालिका–१२ घर भई हाल काठमाडौं लाजिम्पाट बस्दै आएका १८ वर्षीय प्रज्वल ठकुरी घाइते भएका छन् ।


यस्तै, कैलाली, गोदावरी नगरपालिका–२ तेघरीमा से७प ४०७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका–२ बस्ने ४० वर्षीय पदम निधि पण्डितको मृत्यु भएको छ । दुर्घटनामा घाइते पण्डितको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।


यसैगरी, मोरङको सुन्दरहरैचा नगरपालिका–८ सलकपुरमा को३७प १७ नम्बरको मोटरसाइकल र को३४प ६६०२ नम्बरको मोटरसाइकल शुक्रबार राति एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुबै मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दर हरैचा नगरपालिका–८ बस्ने २२ वर्षीय विशाल खत्री र को३४प ६६०२ नम्बरको मोटरसाइकलका चालक २३ वर्षीय अर्पण गुरागाईं छन् । साथै दुर्घटनामा घाइते भएका अन्य दुई जनाको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ ।


यसैगरी, सिरहा, मिर्चैया नगरपालिका–२ मल्हनियाँ चोकमा बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । ना५ख ४९९२ नम्बरको बसले ज११प ६३६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कल्याणपुर नगरपालिका–९ डुमरी बस्ने ५५ वर्षीय सुफिलाल यादवको मंगलमा अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्रक पल्टिएर मृत्यु


मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा ना६ख २३७ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको छ । दुर्घटनामा ट्रकमा सवार रूपन्देही रोहनी नगरपालिका–६ बस्ने २७ वर्षीय अक्बर खानको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्रकमा सवार रोहनी नगरपालिका–६ बस्ने ५० वर्षीय मक्बुल महरू मुसलमानको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक घटनापछि फरार छन् ।

कार दुर्घटनामा मृत्यु

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–३ मा शनिबार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनवलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय कार अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा कारमा सवार बाराको दक्षिण झिटक्या गाउँपालिका–२ का ५५ वर्षीय रियाजुल मिया रहेका छन् । उनको बुटवलस्थित जेनस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते सात जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने कार प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 385 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नेमकिपाको घोषणा पत्र : नेपाली मौलिक शैलीको आवासमा जोड