‘पशुपतिका पुजारी भट्टहरुलाई हटाउने सोच छैन’

काठमाडौं । पशुपतिमा कार्यरत भट्टहरूलाई हटाउने कुनै सोच नभएको पशुपति विकास कोषले जनाएको छ ।

बिहीबार कोषले विज्ञप्ति जारी गर्दै पशुपतिमा कार्यरत भट्टहरूलाई हटाउने सोच नभएको जनाएको हो । विभिन्न सञ्चार माध्यममा पशुपति विकास कोषले भट्टहरूलाई हटाउन लागेको भन्ने समाचार आएको भन्दै कोषले बिहीबार विज्ञप्ति जारी गरेको हो ।

‘नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोष कसैको पनि यस खालको सोच नरहेको जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

साथै, नेपाल र भारतबीचको सम्बन्धलाई धुमिलो गर्न कतिपय शक्तिहरू सक्रिय रहेको भन्दै त्यस्ता भ्रामक समाचारका पछि नलाग्न कोषले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 261 times, 1 visits today)

epaper

ताजा समाचार

सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक पक्राउ