डडेल्धुरा । महालेखा परीक्षकको सन्ताउन्नौँ वार्षिक प्रतिवेदन अनुसार डडेल्धुरा जिल्लाका स्थानीय तहहरुको बेरुजु १८ करोडभन्दा माथि रहेको छ । ७ वटै स्थानीय तहहरुको बेरुजु १८ करोड २७ लाख ८ हजार रहेको छ उक्त बेरुजु रकम मध्ये भागेश्वर गाउ पालिकाको मात्रै ५ करोड ४५ लाख ११ हजार रुपैया बेरुजु रहेको देखिन्छ ।
भागेश्वर गाउपालिकाको ६२ करोड ७ लाख ३५ हजार रुपैयाको लेखारीक्षण रकम मध्ये ५ करोड ४५ लाख ११ हजार रुपैया बेरुजु रहेको छ । कुल लेखापरीक्षण रकमको ८.७८ प्रतिशत रकम बेरुजु रहेको छ । डडेल्धुरा ७ वटै स्थानीय तहहरुमध्ये भागेश्वर गाउपालिकाको सवैभन्दा बढी बेरुजु रहेको छ भने सबै भन्दा कम अमरगढी नगरपालिकाको रहेको छ ।
डडेल्धुराका ७ वटै स्थानीय तहहरु मध्ये सवै भन्दा कम बेरुजु अमरगढी नगरपालिकाको रहेको छ । अमरगढी नगरपालिकाको ०.७१ प्रतिशत रकम बेरुजु रहेको छ । लेखापरीक्षण गरीएको कुल रकम ६९ करोड ८५ लाख ७९ हजार रकम मध्ये ४९ लाख ८८ हजार रुपैया बेरुजु रहेको छ ।
आलिताल गाउपालिकाको ७० करोड ६० लाख ९२ हजार रुपैयाको लेखापरीक्षण गरिएको र जसमध्ये बेरुजु ४ करोड ३४ लाख ७९ हजार रहेको छ आलिताल गाउपालिकाको बेरुजु ६.१६ प्रतिशत रहेको छ ।
यस्तै परशुराम नगरपालिकाको ३ करोड ७० लाख ९९ हजार बेरुजु रहेको छ कुल लेखापरीक्षण रकम १ अर्ब १६ करोड २६ लाख १५ हजारको ३.१९ प्रतिशत बेरुजु रहेको छ । नवदुर्गा गाउपालिकाको कुल लेखापरीक्षण रकम ७३ करोड ४८ लाख ४६ हजारको २.४९ प्रतिशत रकम वेरुजु रहेको छ । नवदुर्गा गाउपालिकाको वेरुजु रकम १ करोड ८२ लखा ९७ हजार रहेको छ ।
अजयमेरु गाउपालिकाको १ करोड ४९ लाख २५ हजार रुपैया बेरुजु रहेको छ । कुल लेखापरीक्षण रकम ७२ करोड ५९ लाख १४ हजार रुपैया रहेको छ जुन कुल लेखापरीक्षण रकमको २.०६ प्रतिशत बेरुजु रहेको छ ।
र गन्यापधुरा गाउ पालिकाको ९४ लाख ९ हजार रुपैया बेरुजु रहेको छ कुल लेखापरीक्षण रकम ५३ करोड ६६ लाख४ हजारको १.७५ प्रतिशत बेरुजु रहेको छ ।
ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाले गर्दा भागेश्वर गाउपालिकाको बेरुजु बढी देखिएको भागेश्वर गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्ष रोकाले बताएका छन् । डोलिडार सडक विभाग र ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको नम्स नमिलेको भएर बेरुजु बढी देखिएको उनले बताए ।






