कोरियन फिल्मको कपी हो सलमानको राधे

मुम्बई । अभिनेता सलमान खानको अघिल्लो फिल्म भारत एउटा कोरियन फिल्मको कपीको रूपमा बनाइएको थियो । सलमान खान यतिबेला नयाँ फिल्म ‘राधे ः योर मोस्ट वान्टेड भाइ’मा व्यस्त छन् । उनको यो फिल्म पनि कोरियन फिल्मको कपी भएको खुलासा भएको छ । तर, यसमा केही भारतीय स्वाद पस्कने काममा निर्देशक प्रभुदेवा तल्लीन छन् ।

कोरिएन लभस्टोरी, एक्नस थ्रिल फिल्म ‘द आउटलज’ निकै सफल भएको थियो । यही फिल्मको कपीका रूपमा फिल्म राधे निर्माण हुँदै छ ।

आगामी इदमा रिलिज गर्ने लक्ष्यसहित यो फिल्मको धमाधाम निर्माण भइरहेको छ ।

आफ्नो विगतका तीनवटा फिल्मको स्वाद यो फिल्ममा पाउने कथन सलमान खानको छ । फिल्मको कथा फरक भए पनि यसमा दर्शकले आफ्ना विगतका फिल्मका केही स्टाइल पाउने उनको भनाइ छ ।

फिल्म राधे ः योर मोस्ट वान्टेड भाइमा उनको अघिल्लो फिल्म वान्टेडको जस्तो ‘डायलग र कमेन्टमेन्ट’, अर्को फिल्म दवंगको जस्तो एक्नस पनि दर्शकले पाउनेछन् । यस्तै, उनको अर्को फिल्म तेरे नामको जस्तो प्रेम पनि दर्शकले यसमा पाउने बताइएको छ ।

फिल्म राधेको हालै रिलिज गरिएको टिजरले पनि यो कोरियन फिल्मको कपी हो भन्ने प्रस्ट्याइसकेको छ । निर्देशक प्रभु देवाले यो रिमेक फिल्म भएको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भीमेश्वरको मेयरमा कांग्रेसका मानन्धर र उपमेरमा एमालेकी बस्नेत निर्वाचित