बार सिंगरका रूपमा अभिनेत्री रेखा

काठमाडौं। अभिनेत्री रेखा थापा गायिका पनि हुन् । उनी एउटा चलचित्रमा बार सिंगरका रूपमा प्रस्तुत भएकी छन् । यही ३० फागुनबाट रिलिज हुने लचचित्र ‘नीरफूल’मा उनी बार सिंगरका रूपमा प्रस्तुत भएकी हुन् ।

यो चलचित्रमा उनले बार सिंगर भएर रेस्टुरेन्टमा ‘तिमी बदनामी…’ गीत गाएकी छन् । प्रणय दिवसको अवसर पारेर यो गीतको भिडियो शुक्रबार रिलिज गरिएको हो । यो चलचित्रलाई सञ्चारकर्मी फूलमान बलले निर्देशन  गरेका हुन् ।

तिमी बदनामी गीतमा गायिका दुर्गा खरेलको स्वर रहेको छ । यो गीतको संगीत अर्जुन पोखरेलले गरेका हुन् । यो गीतलाई फूलमान बलले रचना गरेका हुन्,‘२०७२ वैशाखको विनासकारी भूकम्पपछि गाउँबाट विस्थापित एक तामाङ युवतीले काम खोज्ने क्रममा काठमाडौंको रेस्टुरेन्टमा वेटरको काम गर्दा उनीमाथि ग्राहकले दृष्टिकोणमा यो गीत आधारित छ । यो चलचित्रमा विशेष भूमिकामा रहेकी रेखा सो रेस्टुरेन्टमा बार सिंगर हुन्छिन् ।’ ती कामदार युवतीको पीडा देखेर रेखाले यो गीत गाएको निर्देशक बलले बताए ।

भूकम्पपछि गाउँबाट विस्थापित भएपछि सहर आएर डान्सबारमा काम गरेकी युवतीका रूपमा अभिनेत्री शान्ति वाइबा छिन् । उनी सेलो थिएटरकी अभिनेत्री हुन्, ‘यो गीतले चलचित्रको कथाको एउटा पाटो बोकेको देखिन्छ । यो आईटम गीतभन्दा फिल्मको पात्रको संघर्ष र उनीमाथि हुने हिंसा दर्साउने गीत हो ।’ निर्देशक बलले राजधानीसँग भने ।

प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् । फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतले अभिनय गरेका छन् ।

यो चलचित्रलाई धादिङको गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौं उपत्यकामा छायांकन गरिएको पनि निर्देशक फूलमान बलले जानकारी गराए । फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक बल स्वयंले लेखेका हुन् भने सचिन एसोसिएट निर्देशकका रूपमा पनि छन् ।

नीरफूलको कार्यकारी निर्मातामा दुबईकी सोनाम डोमा, निर्मातामा बेलायतबाट दीपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 448 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

११ माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका ४ वटा स्थानीय तहको मतपरिमाण सार्वजनिक (सूचीसहित)